निर्वाचन आचारसंहिता २०८२ आजदेखि लागू, फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लक्षित

निर्वाचन आचारसंहिता २०८२ आजदेखि लागू, फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लक्षित

काठमाडौं, माघ ५ — निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ।

आयोगका अनुसार आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ र आयोगबाट अर्को सूचना जारी नभएसम्म लागू रहनेछ।

आचारसंहिता नेपाल सरकार र प्रदेश सरकार, मन्त्रीहरू, संवैधानिक निकाय तथा तिनका पदाधिकारी, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीमा लागू हुनेछ।

त्यसैगरी राजनीतिक दल, तिनका भातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समिति, पर्यवेक्षण संस्था तथा पर्यवेक्षकहरू पनि आचारसंहिताको दायरामा परेका छन्।

सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, शैक्षिक संस्था, शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, निर्वाचनसम्बन्धी परियोजना र त्यसमा कार्यरत कर्मचारीलाई पनि आचारसंहिता लागू हुने आयोगले स्पष्ट पारेको छ।

यस्तै, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, व्यापारिक तथा औद्योगिक क्षेत्र, वस्तु तथा सेवा प्रदायक संस्था र आयोगले तोकेका अन्य निकाय तथा व्यक्तिलाई समेत आचारसंहिता पालना गर्नुपर्नेछ।

आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबै पक्षको सहयोग आवश्यक रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

यातायातको चाप घटेसंगै उपत्यकाको वायु प्रदूषणमा कमी
3 हप्ता अगाडि

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारीसाधनका आवागमनमा कमी हुँदा वायु प्रदूषणमा उल्लेख्य कमी आएको छ । ग ...

छुटाउनुभयो कि ?

TOP