काठमाडौं पुस ११ – असुन्तष्ट जेनजी पक्षधर मिराज ढुंगाको नेतृत्वमा केही दिनदेखि माइतीघरमा निरन्तर आन्दोलन जारी छ। आज उनीहरूले ठूलो राके जुलुस निकाल्दै सरकारको विरोधमा आक्रामक प्रदर्शन गरेका छन्।
जुलुसमा सहभागी प्रदर्शनकारीहरूले “सुदन गुरुङ जेठो छोरा मुर्दाबात, निकोलस भुसाल जिन्दावाद” जस्ता नारा लगाउँदै नाराबाजी गरेका थिए। ब्यानर र पोस्टरमा सरकारविरुद्धको गहिरो असन्तुष्टि स्पष्ट देखिन्थ्यो।
जेनजीका अनुसार, सरकारले जुन उदेश्यको लागि बनेको थियो र जे काम गर्नु पर्ने थियो, त्यसलाई पूरा नगरी केवल चुनावको कुरामा रटान गर्दै आएको छ। उनीहरूले सहिद, घाइते र जनताको अधिकारको अपमान भएको र आफ्ना मागहरूमाथि कुठाराघात भएको आरोप लगाएका छन्।
आन्दोलनको क्रममा केही दिनअघि प्रहरीसँग भिडन्त हुँदा केही जेनजी घाइते भएका थिए। ती घाइते प्रदर्शनकारीहरूलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराइएको थियो। आजको राके जुलुस भने पूर्ण रूपमा शान्तिपूर्ण र निर्धारित मार्गमा अघि बढ्यो।
डा. निकोलस भुसाल लगायतका युवा केही दिनदेखि आमरण अनशनमा बसेर सरकारको दमन र अन्यायको विरोध गर्दै आएका छन्। उनीहरूले भने, “सरकारले बार्ता वा वार्ताको कुनै पहल नगरेको, त्यसैले हामी सडकमा आएर आफ्ना आवाज बुलन्द गर्न बाध्य भयौँ। हाम्रो माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहनेछ।”
जुलुसमा युवा शक्ति, विद्यार्थी र सामाजिक अभियानकर्ताहरूको ठूलो सहभागिता थियो। प्रदर्शनकारीहरूले आफ्नो आन्दोलन शान्तिपूर्ण तर दृढ रूपमा जारी राख्ने प्रतिबद्धता जनाएका छन्।
सरकारको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। राजनीतिक विश्लेषकहरूले जेनजी आन्दोलनलाई हालको सामाजिक र राजनीतिक वातावरणमा युवा शक्तिको स्पष्ट संकेतको रूपमा मूल्याङ्कन गरेका छन्।
काठमाडौँ, माघ-११ यस वर्षको ‘प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता’ यही माघ २४ ग ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!