काठमाडौं, असार २३ — नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय वाणिज्य बैंक (RBB) अब केवल परम्परागत बैंकिङ संस्थान होइन, डिजिटल बैंकिङ र समावेशी वित्तीय सेवाको नयाँ परिचय बन्दै गएको छ। कार्यकारी प्रमुख देबेन्द्र रमण खनालको नेतृत्वमा बैंकले डिजिटल सेवा विस्तारमा क्रान्तिकारी अभियान सुरु गरेको छ। बैंकको सेवा सुधार, प्रविधिमा आधारित पहुँच र आम नागरिकको जीवनमा सरलता ल्याउने उद्देश्यका साथ खनालले दूरदर्शी योजना अघि सारेका छन्।
२०७८ सालदेखि उप–मुख्य कार्यकारी अधिकृतको रूपमा कार्यरत खनाल २०८१ जेठ ११ गते बैंकको प्रमुख कार्यकारी अधिकृत (CEO) मा नियुक्त भए। चार्टर्ड एकाउन्टेन्ट, व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक उपाधिधारी खनालसँग बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको व्यावसायिक अनुभव छ। पदभार ग्रहण गरेसँगै उनले ‘डिजिटल ट्रान्सफर्मेसन’ लाई बैंकको मूल नीति बनाएर कार्यान्वयनमा ल्याएका छन्। खनालको भनाइमा, अब बैंकिङ सेवा शहरमा मात्र सीमित रहने छैन, देशका हरेक गाउँ, बस्ती र व्यक्ति डिजिटल बैंकिङको पहुँचमा ल्याइनेछ।
उनको नेतृत्वमा बैंकले ‘RBB डिजिटल संसार’ अभियानमार्फत मोबाइल एप र वेब पोर्टलबाट खाता विवरण हेर्ने, QR कोडमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज, बिल तिर्ने, अपोइन्टमेन्ट बुकिङ, र अनलाइन फिक्स्ड डिपोजिट खोल्ने जस्ता सुविधा सुरु गरेको छ। यस्तै, व्यक्तिगत तथा कर्पोरेट ग्राहकहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको इन्टरनेट बैंकिङ सेवाबाट ConnectIPS, अनलाइन फन्ड ट्रान्सफर, चेक अनुरोध, युटिलिटी भुक्तानी, मोबाइल रिचार्ज लगायतका सेवा सहज रूपमा लिन सकिन्छ। बैंकले Visa chip आधारित अन्तर्राष्ट्रिय मापदण्डको सुरक्षित डेबिट कार्डमार्फत कारोबारलाई अझ सुरक्षित बनाएको छ।
खनाल भन्छन्, “हामी डिजिटल वित्तीय समावेशितातर्फ सशक्त कदम चालिरहेका छौं। बैंकिङ पहुँच र प्रविधिमा आधारित सेवा अब सबै नेपालीको अधिकार बन्नुपर्छ।” हाल राष्ट्रिय वाणिज्य बैंकका देशभर ३०० भन्दा बढी शाखा, २९० भन्दा बढी एटिएम, दर्जनौं एक्सटेन्सन काउन्टर र ६ सयभन्दा बढी POS सेवा रहेका छन्। पछिल्ला तीन वर्षमा बैंकका डिजिटल सेवा प्रयोगकर्ताहरूको संख्या झण्डै तीन गुणा बढेको छ भने मोबाइल एप डाउनलोड एक लाख पार गरिसकेको छ।
नयाँ नेतृत्वसँगै राष्ट्रिय वाणिज्य बैंकले पारदर्शिता, सरलता, विश्वसनीयता र प्रविधिमैत्री सेवा प्रवाहमा उच्च प्राथमिकता दिएको छ। ग्राहक सन्तुष्टि, ग्रामीण वित्तीय समावेशिता, प्रविधिमा आधारित जोखिम व्यवस्थापन, र संस्थागत सुधारमार्फत राष्ट्रिय वाणिज्य बैंकले आफूलाई नयाँ उचाइमा पुर्याउने योजनामा अघि बढिरहेको छ। खनालको दूरदृष्टिपूर्ण नेतृत्वमा बैंकले ‘सबैका लागि सरल र सुरक्षित बैंकिङ सेवा’ भन्ने नारालाई व्यवहारमा उतार्न थालेको छ। राष्ट्रिय वाणिज्य बैंक अब केवल एक सरकारी संस्था होइन, डिजिटल युगको विश्वासिलो सहयात्रीका रूपमा स्थापित हुँदैछ।
काठमाडौं, साउन २१ — गाईजात्राको अवसरमा यही साउन २५ गते आइतबार काठमाडौंको वसन्तपुरमा रक्तदान तथ ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!