पोखराको बिरौटामा संचालित गण्डकी कोटिहोममा कथा सुनेर खुल्दैछ मन, बढ्दैछ श्रद्धा र दान

पोखरा जेठ २०-पोखराको शान्त र सुन्दर बिरौटा क्षेत्रमा संचालित गण्डकी कोटिहोम अहिले भक्ति र श्रद्धाको एउटा अनुपम केन्द्र बनेको छ। यहाँ कथा सुनाउँदै आएकी राधिका दासीको मीठो स्वरले भक्तहरूको मनलाई गहिरो रूपमा छुने काम गरिरहेको छ। कथा सुनेर हरेक श्रद्धालुको मनमा शान्ति र प्रकाश फैलिएकोछ।

हाल सार्वजनिक यातायात बन्द हुँदा पनि भक्तहरूको उत्साह कम भएको छैन। कतिपय भक्तहरू घन्टौंसम्म पैदल यात्रा गरेर पनि यहाँ आइरहेका छन्। उनीहरूको विश्वास छ कि गण्डकी कोटिहोममा कथा सुन्नु र दान गर्नु जीवनको एउटा महत्वपूर्ण पुण्य क्षण हो। भक्तहरू भन्छन्,

“यहाँ आउँदा मन शान्त हुन्छ, र दान गर्न पाउँदा जीवन धन्य हुने अनुभव हुन्छ।”


गण्डकी कोटिहोममा दान गर्नेहरूमा स्थानिय मात्रै होइनन्, राष्ट्रिय कलाकार, समाजसेवी, र देश-विदेशबाट आएका दानवीर दाता पनि देखिन्छन्। कोटिहोममा आयोजना भइरहेका भजन, कथा वाचन, आरती, र महाप्रसाद कार्यक्रममा सहभागी भएर उनीहरूले यहाँको वातावरणलाई अझै उज्यालो बनाइरहेका छन्।

यसैबीच, कोटिहोमका सड्ढल्पकर्ता  बालयोगेश्वर बिजय कृष्ण मुर्ती महाराजले सम्पूर्ण भक्तजनलाई हार्दिक आमन्त्रण गरेका छन्। उनले भनेका छन्,

“यो पुण्य अवसरलाई छोड्नु हुँदैन। आऊँ, कथा सुनेर आफ्नो मनलाई शान्त गरौं र पुण्य कमाऔं।”


यो पुण्य काममा मानव सेवा फाउन्डेसन नेपालले सक्रिय भूमिका खेलेको छ। उनीहरूको समन्वयमा यहाँको कार्यक्रमहरू व्यवस्थित भइरहेको र भक्तजनलाई सहज सेवा उपलब्ध गराइँदै आएको छ।

राधिका दासीको कथा र भक्तजनहरूको श्रद्धाले गण्डकी कोटिहोमलाई यस समयमा विशेष र आत्मीय बनाइरहेको छ। बाँकी सात दिनमा झाँकी, भजन संध्या, आरती, र महाप्रसादका कार्यक्रमहरू भव्य रूपमा आयोजना गरिने छन्, जसले यो पुण्य यात्रा अझै स्मरणीय बनाउनेछ।

जीवन धन्य बनाउन परिवार सहित उपस्थिति भएर कथा सुन्ने र मन खोलेर दान गर्नेको सङ्ख्यामा उल्लेखनीय वृद्धि भैरहेको आयोजकले बताएकोछ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP