पोखरा १९ जेठ ।गायक र कुशल कार्यक्रम सञ्चालकको परिचय बनाएका दीप काफ्ले पछिल्लो समय अभिनयमा समेत उत्तिकै जम्दै गएका छन्। एकपछि अर्को म्युजिक भिडियोमा देखिन थालेका काफ्ले अभिनय यात्रामा अघि बढिरहेका छन्। हालै मात्र सार्वजनिक भएको ‘आँखा जुध्यो सैयौं चोटि’ गीतको भिडियोमा उनी मोडलका रूपमा देखिएका छन्।
डिटिएम मिडिया युट्युब च्यानलमार्फत सार्वजनिक उक्त भिडियोमा दीप काफ्लेसँग मोडल प्रिन्सिका श्रेष्ठले सहकार्य गरेकी छन्। गायक सञ्जय देवकोटा र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा रवीन्द्र लामिछानेको शब्द र संगीत छ भने भिडियोको निर्देशन अर्जुन कँडेलले गरेका हुन्।
दीप काफ्ले केवल गायक र मोडल मात्र होइनन्, उनी लोकप्रिय कार्यक्रम सञ्चालकको रूपमा समेत परिचित छन्। मञ्चमा उनी आउने बित्तिकै दर्शक-श्रोता आकर्षित हुने गरेका छन्। उनको आत्मविश्वास, प्रस्तुती शैली र स्वरको जादुले सबैको ध्यान खिच्ने गर्छ।
“तपाईंहरूको माया र साथले नै म आज यो स्थानमा छु,” काफ्ले भन्छन्, “मेरा हरेक गीत, अभिनय र प्रयासलाई दर्शकले जुन माया देखाउनु भएको छ, त्यसका लागि म हृदयदेखि आभारी छु। यो नयाँ म्युजिक भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहोला।”
एक दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका काफ्ले गायनमा पनि समान रूपमा अब्बल ठहरिन्छन्। उनका स्वरमा गाएको भजनदेखि आधुनिक गीतहरू दर्शक-श्रोतामाझ लोकप्रिय छन्।
दीप काफ्ले अहिले नेपाली सांगीतिक क्षेत्रमा बहुआयामिक प्रतिभाका रूपमा उदाउँदै गएका छन् – जसले गायन, सञ्चालक कला र अब अभिनयमा समेत आफ्नो प्रभाव जमाउँदै लगेका छन्।
काठमाडौं, असार १८ — संघीय निजामती सेवासम्बन्धी विधेयकमा समावेश गरिएका एउटा महत्वपूर्ण प्रावधान ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!