माधवकुमार नेपाल प्रतिनिधिसभाबाट निलम्बित

माधवकुमार नेपाल प्रतिनिधिसभाबाट निलम्बित

काठमाडौं, २२ जेठ — पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालद्वारा काभ्रेको नासिकास्थान साँगास्थित महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा खरिद गरी सार्वजनिक सम्पत्तिमा हानी–नोक्सानी पुर्‍याएको प्रकरणमा संलग्न भएको आरोपमा प्रतिनिधिसभाका सांसद तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निलम्बित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानी नोक्सानीसम्बन्धी मुद्दामा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता गरेपछि संविधानबमोजिम सांसद नेपालको पद स्वतः निलम्बनमा परेको हो।

आयोगका अनुसार, पतञ्जली कम्पनीले सरकारी कानुन उल्लङ्घन गर्दै हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको, मूल्य हेरफेर गरी राज्यलाई करोडौँको नोक्सानी पुर्‍याएको, र यसमा तत्कालीन प्रधानमन्त्रीको भूमिका रहेको प्रारम्भिक प्रमाण फेला परेपछि मुद्दा दायर गरिएको हो।

योसँगै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्षसमेत रहेका नेता नेपाल कानुनी संकटमा परेका छन्। राजनीतिक वृत्तमा यसलाई गम्भीर घटनाका रूपमा हेरिएको छ।

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डोल्पामा नक्कली विद्यालय देखाएर ७ लाख ६० हजारको भ्रष्टाचार, चार जनाविरुद्ध मुद्दा
8 महिना अगाडि

डोल्पा, असार १९ —जिल्ला डोल्पाको तत्कालीन दुनै गाविस–२ र ३ मा अस्तित्वमै नरहेको विद्यालय ...

छुटाउनुभयो कि ?

TOP