पतञ्जली नेपालको जग्गा खरिद प्रकरणमा ९३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी–नोक्सानीको आरोपपत्र, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत समावेश

पतञ्जली नेपालको जग्गा खरिद प्रकरणमा ९३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानी–नोक्सानीको आरोपपत्र, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत समावेश

काठमाडौं, २२ जेठ — काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा रहेको पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपालले कानुनतः तोकिएको हदबन्दी भन्दा बढी जग्गा खरिद गरेको, कम मूल्यमा किनेको जग्गालाई उच्च मूल्यमा बिक्री–वितरण गरेको र सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी पुर्‍याएको आरोपमा भ्रष्टाचारको मुद्दा दायर भएको छ।

संघीय संसद्को प्रतिनिधिसभाका वर्तमान सदस्य तथा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आरोपपत्र पेश गरिएको छ।

श्रोतअनुसार, पतञ्जली नेपालले सञ्चालनका लागि आवश्यकभन्दा अत्यधिक क्षेत्रफलको जमिन खरिद गरी त्यसको मूल्यमा हेरफेर गरेर लाभ उठाएको, सरकारी नीति नियमको उल्लङ्घन गर्दै सरकारी निकायको संलग्नतामा भ्रष्टाचार भएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो मुद्दा दायर गरेको हो।

आयोगको प्रारम्भिक अनुसन्धान अनुसार, सम्बन्धित निकाय तथा जिम्मेवार पदाधिकारीको मिलेमतोमा मूल्यांकनमा चलखेल गरि पतञ्जली कम्पनीलाई आर्थिक लाभ पुर्‍याइयो, जसबाट राज्यलाई करोडौँ रुपैयाँ बराबरको हानी भएको देखिएको छ।

आरोपितहरूमध्ये तत्कालीन मन्त्री, सचिव, मालपोतका कर्मचारीदेखि लिएर स्थानीय निकायका प्रतिनिधि र निजी क्षेत्रका संलग्न व्यक्ति समेत रहेका छन्। आयोगले उनीहरू सबैमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरेको छ।

यो मुद्दाले नेपालको भू-राजनीतिक सन्दर्भमा विदेशी संस्था र स्वदेशी नीति निर्माणकर्ताबीचको सन्देहास्पद सम्बन्ध पुनः उजागर गरेको छ। यसबारे विस्तृत अनुसन्धान र निष्पक्ष सुनुवाइको माग बढ्दै गएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

डोल्पामा नक्कली विद्यालय देखाएर ७ लाख ६० हजारको भ्रष्टाचार, चार जनाविरुद्ध मुद्दा
8 महिना अगाडि

डोल्पा, असार १९ —जिल्ला डोल्पाको तत्कालीन दुनै गाविस–२ र ३ मा अस्तित्वमै नरहेको विद्यालय ...

छुटाउनुभयो कि ?

TOP