श्रीमद् देवीभागवत वाचीका राधिका दासी कोटिहोममा कथा वाचन गर्न पोखरा आउँदै

पोखरा, जेठ १३–  ख्यातिप्राप्त  श्रीमद् देवीभागवत कथा वाचीका  भागवत मञ्जरी राधिका दासी श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सहभागी हुन पोखरा आउँदैछिन। उनी जेठ १६ गते पोखरा आइपुग्ने र जेठ १७ गतेदेखि औपचारिक रूपमा कथा वाचन आरम्भ गर्ने कार्यक्रम तय गरिएको छ।

राधिका दासीले यस्तो ऐतिहासिक सय कुण्डीय कोटिहोम जस्तो दिव्य स्थलमा कथा वाचन गर्न पाउनु आफ्नै आध्यात्मिक जीवनको सौभाग्य मानेकी छन्। उनका अनुसार, “यस्तो ऐतिहासिक यज्ञमा कथा वाचन गर्नु मेरो पिंढीको लागि नै अद्वितीय अवसर हो। म भक्तजनहरूसँग कोटिहोममा भेट गर्ने अपेक्षा लिएकी छु।”

उनी १० दिनसम्म श्रीमद् देवीभागवत कथा वाचन गर्दै, धर्म, संस्कार र समाजसेवाको सन्देश फैलाउनेछिन्।

राधिका दासीको आगमनले महायज्ञको आध्यात्मिक ऊर्जा थप उच्चस्तरमा पुग्ने  आयोजकले बिश्वास लिएकोछ।

महायज्ञका प्रमुख संकल्पकर्ता बालयोगेश्वर श्री विजयकृष्णमूर्तिजी महाराजले राधिका दासीलाई 'माताको रूपमा' सम्बोधन गर्दै उनका प्रवचनहरूले भक्तजनमा आध्यात्मिक चेतना जागृत गराउने विश्वास व्यक्त गरेका छन्।

राधिका दासीको आगमनले कोटिहोममा भक्तजनको उपस्थितिमा झनै उत्साह थपिने बताइएकोछ। आयोजक मानव सेवा फाउन्डेसनका अनुसार, महायज्ञमा देश विदेशका साधु-सन्त, महन्तहरूको सहभागिता रहँदै आएको छ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP