काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) गम्भीर आर्थिक संकटमा परेको छ। निगमले झन्डै ४७ अर्ब रुपैयाँको ऋण तिर्न नसक्दा यसको अस्तित्व नै संकटमा परेको हो। ऋणको वार्षिक व्याज अरबौं रुपैयाँ पुगेपछि निगमलाई सञ्चालनमै समस्या उत्पन्न भएको छ।
निगमले कर्मचारी सञ्चय कोषलाई २७ अर्ब, नागरिक लगानी कोषलाई १६ अर्ब, र अन्य वित्तीय संस्थाबाट लिएको ऋणसहित कुल ४७ अर्ब रुपैयाँ तिर्नुपर्नेछ। ऋणको भारी व्याजले गर्दा निगम निरन्तर घाटामा गइरहेको छ।
पछिल्ला केही वर्षमा निगममा ६ जना महाप्रबन्धक परिवर्तन भइसकेका छन्। नेतृत्वको अस्थिरताले रणनीतिक निर्णय प्रभावित पार्दै सुधारका योजना असफल बनाएका छन्। निगमलाई व्यावसायिक मोडलमा लैजाने सरकारी प्रयाससमेत निष्क्रिय देखिएको छ।
निगमले चीनबाट खरिद गरेका जहाजहरू हाल ग्राउन्डेड अवस्थामा छन्। उच्च मर्मत खर्चका कारण तिनीहरू संचालन गर्न सकिएको छैन। उल्टै, मर्मत खर्च बढ्दै जाँदा निगमको वित्तीय संकट झनै गहिरिएको छ।
विमानन क्षेत्रका विज्ञहरूका अनुसार निगमलाई जोगाउन तत्काल स्थायी व्यवस्थापन, वित्तीय पुनर्संरचना, र व्यवसायिक मोडेलमा रूपान्तरण गर्न आवश्यक छ। अन्यथा, निगमको अस्तित्व नै जोखिममा पर्ने चेतावनी दिइएको छ।
सरकारले निगमलाई संकटबाट निकाल्न दीर्घकालीन योजना बनाउने कि निजीकरणतर्फ मोडिने भन्ने विषयमा स्पष्ट निर्णय लिनुपर्ने देखिन्छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया