एसईई परीक्षा सम्बन्धी अन्तरवार्ता

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग Raid Media की प्रधान सम्पादक विष्णुमाया पौडेलको विशेष अन्तरवार्ता

नेपालभर चैत्र ७ गतेदेखि सुरु हुने एसईई परीक्षाको तयारीबारे Raid Media ले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग विशेष अन्तरवार्ता गरेको छ। प्रस्तुत छ सो कुराकानीः

१. यस वर्षको एसईई परीक्षामा देशभरि कति विद्यार्थी सहभागी हुँदैछन्? परीक्षा केन्द्र कति छन्?

नन्दलाल पौडेल:
यस वर्ष २०८१ सालको एसईई परीक्षा चैत्र ७ गतेदेखि देशभर सुरु हुँदैछ। कुल ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन्। परीक्षाका लागि २०७९ वटा परीक्षा केन्द्र नेपालभित्र१ वटा विदेशमा गरी २०८० परीक्षा केन्द्र निर्धारण गरिएको छ। विगतको तुलनामा यस पटक केही परीक्षा केन्द्र र परीक्षार्थी संख्या बढेका छन्।

२. परीक्षा व्यवस्थापनलाई अघिल्लो वर्षभन्दा अझ मर्यादित बनाउन के-कस्ता नयाँ व्यवस्था मिलाइएको छ?

नन्दलाल पौडेल:
एसईई परीक्षा विगतका वर्षहरूमा पनि समग्र रूपमा व्यवस्थित नै थियो। यद्यपि, कतिपय व्यक्तिहरूले विभिन्न कारणले परीक्षा प्रक्रियामाथि प्रश्न उठाउने गरेका छन्। यस वर्ष, हामी परीक्षा सञ्चालनलाई अझ बढी मर्यादित र व्यवस्थित बनाउन निम्न उपायहरू अपनाएका छौँः

परीक्षा आचारसंहितालाई कडाइका साथ पालना गराइनेछ।

 

विद्यार्थीहरूलाई मर्यादित तरिकाले परीक्षा दिन प्रेरित गरिनेछ।

 

अनुगमन प्रक्रियालाई थप प्रभावकारी बनाइनेछ।

 

परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालनबारे अनुगमन गर्न सम्बन्धित निकाय तथा सरोकारवालाहरूको भूमिका सुनिश्चित गरिएको छ।

 

प्रत्येक प्रदेश र जिल्लामा परीक्षा अनुगमन समिति गठन गरिएको छ।


हामी सबैको सहयोगका साथ यस वर्षको परीक्षा अझ व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्ने लक्ष्य राखेका छौँ।

३. परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्रहरू दुर्गम जिल्लासम्म पुगिसकेको हुन्छ? यस वर्ष प्रश्नपत्र ढुवानीको अवस्था कस्तो छ?

नन्दलाल पौडेल:
हामीले परीक्षा केन्द्रहरूमा प्रश्नपत्र ढुवानी फागुन १७ गतेदेखि सुरु गरेका थियौँ। फागुन २६ गतेसम्म सबै जिल्लामा प्रश्नपत्र पुर्‍याइसकेका छौँ। काठमाडौँ उपत्यकाका परीक्षा केन्द्रहरूमा फागुन २७ गते नै प्रश्नपत्र पुर्‍याइसकिएको छ। यस कारण देशका सबै दुर्गम तथा सुगम स्थानमा प्रश्नपत्र सुरक्षित रूपमा पुगेको छ।

४. एसईई परीक्षाको नतिजा कहिलेसम्म प्रकाशित हुनेछ?

नन्दलाल पौडेल:
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षा नतिजा असार ७ गतेभित्र प्रकाशित गर्ने लक्ष्य राखेको छ। परीक्षा सकिएको ९० दिनभित्र नतिजा सार्वजनिक गर्ने योजना स्वीकृत भइसकेको छ। त्यसैले, कुनै विशेष परिस्थितिले ढिलाइ नगरेसम्म नतिजा असार ७ गते नै प्रकाशित हुनेछ।

५. विद्यार्थीहरू ग्रेडिङ प्रणालीअनुसार मूल्याङ्कन हुन्छन् कि पास/फेलको व्यवस्था पनि छ?

नन्दलाल पौडेल:
एसईई परीक्षा लेटर ग्रेडिङ प्रणाली (Letter Grading System) अनुसार मूल्याङ्कन गरिन्छ। २०७८ को निर्देशिकाअनुसार:

सैद्धान्तिक (थ्योरी) विषयमा कम्तीमा ३५% अंक ल्याउनुपर्छ।

 

प्रयोगात्मक (प्र्याक्टिकल) विषयमा कम्तीमा ४०% अंक ल्याउनुपर्छ।

 

दुवै खण्डमा आवश्यक न्यूनतम अंक प्राप्त गरेपछि मात्रै समग्र ग्रेड प्रदान गरिन्छ।


त्यसैले, यस वर्ष पनि पास/फेलको अवधारणा नभई ग्रेडिङ प्रणालीअनुसार मूल्याङ्कन हुनेछ।

६. एसईई परीक्षामा सहभागी विद्यार्थीहरूका लागि तपाईंको सन्देश के छ?

नन्दलाल पौडेल:
एसईई परीक्षा भनेको एकदम सरल, व्यवस्थित र स्तरीय परीक्षा हो। कतिपयले यसलाई गाह्रो परीक्षा ठान्ने गरेको पाइन्छ, तर वास्तविकता त्यस्तो होइन। परीक्षा विद्यार्थीको क्षमता, पाठ्यक्रम र परीक्षा प्रणालीअनुसार निर्माण गरिएका हुन्छन्

म विद्यार्थीहरूलाई आग्रह गर्न चाहन्छुः

आत्मविश्वासका साथ परीक्षा हलमा जानुहोस्।

 

नकारात्मक सोच नराख्नुहोस्, यो सहज परीक्षा हो।

 

ईमानदारीपूर्वक परीक्षामा सहभागी हुनुहोस्।

 

अभिभावकहरूले पनि आफ्ना छोराछोरीलाई मानसिक रूपमा सहज महसुस गराइदिनुहोस्।


यदि विद्यार्थीहरूले शान्त वातावरणमा, आत्मविश्वासका साथ परीक्षा दिए भने उनीहरू सजिलै सफल हुन्छन्।


 

प्रतिक्रिया

  • trading platform gonzaloaustral@yahoo.com Greetings! Very useful advice in this particular post! It is the little changes which will make the greatest changes. Many thanks for sharing!
  • * * * <a href="http://m-emp.com/index.php?f4sgzj">Win Free Cash Instantly</a> * * * hs=1c969320cedaece248f664d35e4a47d8* ххх* pazapz@mailbox.in.ua l8i9fv
  • * * * Unlock Free Spins Today: http://m-emp.com/index.php?f4sgzj * * * hs=1c969320cedaece248f664d35e4a47d8* ххх* pazapz@mailbox.in.ua l8i9fv
  • सम्बन्धित समाचार

    मतदाता नामावली रुजु गर्दै आयोगका कर्मचारी
    16 घण्टा अघि

    काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

    Recent Posts

    छुटाउनुभयो कि ?

    TOP