गायक गोबिन्द मधुर आचार्य सम्मानित

गायक गोबिन्द मधुर आचार्य सम्मानित

साउन ५ काठमाडौ ।गायक तथा संगीतकार गोबिन्द मधुर आचार्य सम्मानित भएकाछन।यल्लो टाइगर मुभिज एन्ड इन्टरटेन्मेन्ट प्राली खरिबोट बनस्थलिले बिहिवार आफ्नो छैटौं बार्षिक उत्सबको उपलक्ष्यमा सम्मान गरेको हो।

नेपाली गित संगीत क्षेत्रमा अमुल्य योगदान पुराएबापत सम्मान गरिएको यल्लो टाइगरकि अध्यक्ष सुस्मा सिंहले बताइन् ।

काठमाडौएको  १६ नम्बर वडाको एक बैङ्कुट  गरिएको कार्यक्रममा  झन्डै तिनसय ब्यक्ति बिच विशिष्ट ब्यक्तिहरुको उपस्थिति रहेको थियो।निबर्तमान रास्ट्रीय शभा सदस्य कोमल ओलि प्रमुख अतिथि रहेको बार्षिक उत्सब भने सन्चार्कर्मी /गायिका बिष्णुमाया पौडेलले सन्चालन गरेकि थिइन् ।


को हुन गोबिन्द मधुर आचार्य ?

 

"एकदिन उज्यालो छाउँला, मेरो पनि दिन आउला 
म मरेको छैन्न अझै म मरेको छैन्"

नेपाली सांगीतिक क्षेत्रमा करीब ६०० बढी गीतमा गायन संगीत एरेन्ज गर्दै दुई दशक बिताइसके पछि नभ गायकको परिचयले दंग पारिदिएका गायक तथा संगीतकार हुन गोविन्द मधुर आचार्य ।
दाङ जिल्ला को हेकुली २ एकली मा जन्मिएका आचार्य  करिब दुई दशक देखि काठमाडौ लाई कर्मथलो बनायर संघर्ष गरिरहेका थिए सांगीतिक यात्रा र संघर्षले आफुले  सोचेजस्तै उचाइ र सफलता नदिएको जस्तै अनुभव र केही पारिवारिक कारण उनले केही समय काठमाडौको बसाइँलाई बिट मारेर आफ्नो जन्मस्थान तिर लागेका थिए ।
पहिले काठमाडौ आउनु र बाकी पढाई पूरा गर्दै गीतसंगीत प्रतीको आफ्नो चाहाना पूरा गर्नु मेरो सपना थियो तर यो पटक ईन्टरनेट र प्रबिधिको जमानामा आफू संग स्रोत साधन र कला भएपछि जहाँ बसेर पनि काम गर्न सकिन्छ भन्ने लागेर यो शहर छोडेको थिए तर मलाई यत्तिका बर्ष पछि सफलता र काठमाडौले आफै तानेर पुनः काठमाडौमै ल्यायो आचार्य ले बताए ।
गोविन्द मधुर आचार्य नेपाली सांगीतिक जगतका एक प्रतिभावान ब्याक्ती  हुन् सायद उनको अद्भूत क्षमताले गर्दा लोकगीत होस् वा आधुनिक उनको स्वर र लय जुन गितमा पनि फिट हुन्छ ।  बि.स २०५९/६० सालमा "कान्छीको रुमाल खस्यो पानीमा" बोलको गीतमा आवाज भरेर उनले लोकदोहोरी गीतबाट आफ्नो सांगितिक यात्रा शुरूवात गरेका थिए । यहीँ गीतबाट केही सफलता र गायकको पहिचान प्राप्त गरेका गोविन्द दुई दशकदेखि संगीत कर्म मा समय बिताईरहेका छन् । 
 गीतकार लोकराज अधिकारी को शब्द अन्जु पन्त र मनोजराजले गाएको "मर्छु बरु छटपटिमा तिम्रो सामु पर्दिन म " यस गीतमा उनले गरेको संगितले उनी संगितकारको रुपमा झन बढी चिनिएका थिए  । आफ्नै शब्द,संगित अनि आवाज रहेका उनका थुप्रै त्यस्ता गीत छ्न जुन लाखौं दर्शक श्रोताको ढुकढुकी बनेका छन । ती मध्य तिम्रो भईन भने,चोलि फाट्योकि मेरि आमाको , मलाई दुख्दा रुने त्यो मन,ओइलियको फूल भयो,फूल भनु जिन्दगी लाई , जाउला कान्छी जलजला लगाएतका दर्जनौं  गितहरू समाहित छन् । सांगीतिक दुनियाँमा जिवनको लामो अनुभव पार गरेका गोबिन्दले यश अगाडि जति गीतसंगीत सिर्जना गरेपनी गीत सफल भएता पनि एक गायकको परिचय र सफलताको भोक पछिल्लो समय रिलिज भएको अझै म मरेको छैन गीतले मेटाइदिएको अनुभव छ । उनको आफ्नै स्वर र संगीत रहेको यश गीत रिलिज ले सामाजिक संजालका विभिन्न प्लेटफर्ममा भाइरलकै संङ्या पायो । 
"गीत रिलिज समयमा म आफ्नै गृहजिल्ला थिए गीत युटुब टिकटक लगायत विभिन्न  सामाजिक प्लेटफर्ममा अत्यन्तै रुचाइदिनु हेरिदी रहनु भएको थियोे चाडबाडको बेला गीत चलिहाल्यो भनेर काठमाडौ हिडिहाल्न पनि सकेको थिएन यसैक्रममा एउटा मिडियाकर्मी साथी मलाई खोज्दै मैकहा आइपुग्नु भो केही सांगीतिक कुराकानी खिचेर वहाँले आफ्नो युटुबमा र सामाजिक संजालमा राखिदिनु भो त्यो कुराकानी पनि यतिधेरै दर्शक श्रोताले हेरिदिनु भो र प्रतिक्रिया दिन थाल्नु भो कमेन्ट हरु हेर्थे अहो यस्तो अद्भुत कला भएको मान्छेलाई काठमाडौ ल्याउनु पर्यो ,गीत रेकर्डिङ गराइदिनु पर्यो,यस्तो स्वर भएका युवक भेटिए लगायतका कमेन्ट हरु हेरेर म दंग थिए ।
यसैबीच मेरा केही शुभचिन्तक आफन्त र केहि मिडियाकर्मी को समेत फोन आउन थाल्यो गीत यति राम्रो चलेको छ मिडियामा आउनु पर्यो काठमाडौ छोड्नु भएन भनेर त्यसपछि म पुन काठमाडौ आए र निरन्तर गीतसंगीतमै ब्यस्त छु ।

धेरै मेहनत र दु:खका बाबजुद तयार गरेर आफ्नो युटुबमा राखेका यश पहिलेका गीतहरूमा त्यत्ति राम्रो भ्युज र दर्शक श्रोताको माया नपाएका आचार्य लाई यो गीतले राम्रो उचाइ दियो मिडियाले आफै खोज्न थाल्यो अग्रज हरुको स्याबासी र आशीर्वाद दिलायो । यहीँ गीतका कारण अरु पुराना गीतहरूले पनि थप भ्युज र चर्चा पाए ।
लोक आधुनिक मात्रै न भएर चलचित्र का गीतमा समेत उनको संगीत रहेका थुप्रै गीतहरू सांगीतिक बजारमा उपलब्ध छ्न् त्यस्तै  उनले सांगीतिक क्षेत्रमा अवसर दिएर स्थापित गरेका धैरै कलाकारहरू जो अहिले ब्यस्त र सफल छन् ।
यति उपलब्धि पाइसकेको एउटा पाको कलाकार लाई नब गायकको नाम दिदा कस्तो लाग्यो भन्ने प्रश्नमा उनी मुस्कुराउदै भन्छन् " रमाइलो नै लाग्यो खुशी लाग्यो गोविन्द मधुर आचार्य को हो भन्ने थाहा नै नभएका धेरैनै दर्शक श्रोता सम्म अहिले बल्ल पुगेछु भन्ने महसुस गरे,जसले मलाई पहिलोपटक सुन्नुभयो देख्नु भयो म वहाँको लागि नयाँ हुनु स्वभाविक हो यसमा अनौठो लाग्नु पर्ने त केहिपनि भएन नि !
घर परिवारको उनी प्रतिको सपना फरक थियो होला तर गोविन्द आफ्नै रोजाईले यो क्षेत्रमा पाईला टेकेका थिए ।  संघर्ष गरेपछि सफल भईन्छ " धैर्यता गरे फल पाईन्छ ' यी भनाइलाई आफ्नो जिवनमा लागु गरेरे अगाडि बढिरहे लामो संघर्षले कहिलेकाही गोविन्द स्वयम बिचलित भए तर आफ्नो परिवार बाट उनले कहिल्यै असहयोगको अनुभव गर्नु परेन । उनी भन्छन् - 'सँगैका साथि कोहि जागिर खाएर पेन्सन पाउने भए, व्यपार गर्नेहरू र परदेशीएकाहरूले समेत घर घडेरी ज‍ोडे । परिवारलाई समयमै सुख सयल दिए यो देखेर कहिकतै जिवनमा निराशापन आयो होला । तर परिवारको प्रेम, र सहयोग र संगीतको शक्तिले त्यो सबैलाई बिलिन गरायो ।
उनी थप्छन् 
 बर्षौ को मेहेनत र परिश्रमले बल्ल सहि ठाउँ पाउन थालेको छ सायद पहिला जस्तै अब काठमाडौले निराश पारेर दाङ फर्काउदैन भन्नेमा आफुले आफैलाइ खुब भरोसा गरेको छु अरु त भोलि के हुन्छ कस्ले जानेको छ र !
यो गीत रिलिज पछि उनलाई सांगीतिक कर्ममा भ्याइनभ्याई जस्तै छ पहिले संगीत मात्र गर्ने काम आउने उनलाई  अहिले स्वर र संगीत सबै गर्ने काम आइरहेका छ्न् । कुनैपनी कुरा प्राप्त गर्नु भन्दा ठूलो त्यसलाई कायम राख्न अझै चुनौतीपूर्ण हुने रहेछ भन्ने पनि यसपटक बाट महसुस गरेको छु सकेसम्म आफ्नो मेहनत र सिर्जनाले दर्शक श्रोतालाई निराश बनाउनु नपरोस् भन्ने प्रण छ अब जिन्दगीमा जस्तोसुकै मोड आयपनी संगीत बाट टाढा हुन न परोस् र संगीत क्षेत्रमा नै धेरै योगदान दिन पाइयोस् ।
उनी उनी थप्छन् राज्य ले पनि संस्कृती र कलामा समर्पित ब्याक्ती हरुलाई आर्थिक र सामाजिक हिसाबले संम्मानित हुने नीति कार्यान्वयन गरोस् र हामी जस्ता प्रतिभा हरु लाई पलायन र चरम निराशाजनक हुन बाट रोकोस । आफुले रोजेको र रमाइलो लाग्ने क्षेत्र पनि यहिँ हो अरु जानेको पनि छैन त्यसैले यहीँ क्षेत्रमा योगदान दिएर मर्न पाउ ।
राप्ती समाज काठमाडौको उपाध्यक्ष 
....
....
....
....
....
...
लगायत का सघं सस्थामा आबद्ध र सकृय आचार्य को सांगीतिक योगदान र मेहनतलाई कदर गर्दै
....... अवार्ड 
.....  तेस्रो राप्ती म्युजिक अवार्ड २०७३ सर्बोत्कृस्ट चलचित्र संगीतकार 
......  चौथो रास्ट्रीय साधना म्युजिक अवार्ड २०८० पब्लिक च्वाइस
..... तेस्रो नेसनल ब्रान्ड म्युजिक अवार्ड २०८०
बेस्ट आधुनिक गीत गायाक जुरि अवार्ड 
..... दोस्रो राष्ट्रिय संगीत अवार्ड सर्बोत्कृष्ट गायक आधुनिक अवार्ड 

..... second international creative music award        2024 best modern song singer

....

लगायतका अवार्ड तथा संमान पनि प्राप्त भैसकेका छ्न् ।
त्यस्तो केही उत्कृष्ट गीतहरू तयार हुँदै र छिटै दर्शक श्रोता माझ ल्याउने तयारीमा रकेका आचार्यको बाकी सांगीतिक यात्राले अझै उचाई र उडान भरोस् हाम्रो तर्फबाट शुभकामना !

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP