प्रधानसेनापतिको यस्तो निर्देशन !

प्रधानसेनापतिको यस्तो निर्देशन !

२२ वैशाख, काठमाडौं ।  प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको छ । 

तनहुँको रिसिङ इलाकामा निर्वाचनको सुरक्षार्थ स्थापना गरिएको ‘कम्पनी अपरेटिङ वेस’ ९सिओवी० को आज निरीक्षण भ्रमणका क्रममा उहाँले उक्त निर्देशन दिनुभएको हो । भ्रमणका क्रममा प्रधानसेनापति शर्माले जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा निर्वाचन अधिकृतसँग अन्तक्र्रियासमेत गर्नुभएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्तिमार्फत जनाएको छ ।

निर्देशनालयका अनुसार उहाँले आजै रुपन्देहीको मझगावा इलाकाको ‘सिओवी’को समेत निरीक्षण भ्रमण गर्नुभएको थियो । यस्तै प्रधान सेनापति शर्माले कास्कीको पोखरास्थित मध्ये कमाण्ड हेडक्वाटर र रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलको पनि निरीक्षण गर्नुभएको निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले ब्याटल स्कुलको वर्तमान अवस्था, स्थानीय तहको निर्वाचन सुरक्षालगायत विविध पक्षबारे जानकारी लिनुभएको थियो । 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

प्रेस स्वतन्त्रता हननका ७५ घटना
3 बर्ष अगाडि

२० वैशाख, काठमाडौँ । वितेको एक वर्षमा प्रेस स्वतन्त्रता हननका ७५ वटा घटना भएका छन् । नेपाल पत्रका ...

छुटाउनुभयो कि ?

TOP