२१ वैशाख, काठमाडौं । आसिफ शेखको अविजित इनिङको सहयोगमा नेपालले जिम्बाब्वे ए टोलीमाथि बुधबार ८ विकेटको जित निकाल्दै ट्वान्टी–२० शृंखला बराबरी गरेको छ ।
कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न जिम्बावे ए विरुद्धको अन्तिम ट्वान्टी–२० खेलमा नेपाल ८ विकेटको जित निकाल्दै शृंखला बराबरी गरेको हो । पहिलो खेलमा पराजित भएको शृखंलामा दोस्रो खेल भने बर्षाले प्रभावित भएको थियो । टस हारेर पहिला ब्याटिङ गर्दै दिएको १ सय ३७ रनको लक्ष्य नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर पुरा गरेसँगै शृंखला बराबरीमा सकिएको हो ।
जवाफी ब्याटिङ गरेको नेपालका लागि आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । उनले ५४ बलमा १३ चौका र एक छक्कासहित सर्वाधिक ८७ रनको अविजित इनिङ खेले । आसिफले अर्का ओपनर आसिफ शेखसँग ८८ रनको साझेदारि गरेका थिए । कुशल ३४ रनमा आउट भए । उनले २६ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे । बासिर अहमद १० रनमा पभेलियन फर्किए । जिम्बावे ए को वलिङमा ल्युक जोङवे र ब्रान्डन माभुता ले समान एक विकेट लिए ।
अघिल्लो खेल गुमाए पनि सम्हालिएको प्रदर्शन गरेको नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टोलीमा ट्वान्टी–२० संरचनको खेलका लागि अझै सुधारको आवश्यक रहेको प्रतिक्रिया दिए ।
यस अघि पहिला ब्याटिङ गरेको जम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाएका थिए । मारुमानीले २७ रन जोड्दा लुक जोग्वेले अविजित २३ रन बनाएर पवेलियन फर्किएका थिए । यस्तै इनोसेन्ट कियाले १४ रनको पारी खेल्दा अन्य ब्याट्स म्यान नेपाली बलर सामु खुलेर खेल्न सकेनन् ।
जिम्बाब्वेलाई सस्तैमा समेट्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र बसिर अहमेदले १÷१ विकेट लिए । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ए सँग शृखंला खेलेको हो । अब नेपालले पाहुना टोलीसँग तीन खेलको एकदिवसीय शृखंला शुक्रबारबाट खेल्नेछ ।
ती यस प्रकारण छन् : १. संविधानप्रति निष्ठावानस रहेको घोषणा गर्नुपर्नेछ । २. २१ वर्ष पूरा भएको ...
प्रतिक्रिया