कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोलि विश्वासको मत लिने तयारी गरेका छन्। मुख्यमन्त्री निवासमा भएको राजनीतिक छलफलपछि विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको हो।
विश्वासको मतका विषयमा रणनीति तय गर्न आज दिउँसो नेकपा संसदीय दलको बैठक बस्ने तयारी गरिएको छ। दलभित्रको सहमतिपछि भोलि प्रदेश सभामा विश्वासको मत लिने योजना बनाइएको बताइएको छ।
शुक्रबार मुख्यमन्त्री नियुक्त भएका भट्टले विश्वासको मत प्राप्त गरेलगत्तै प्रदेश सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। हाल एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन् भने अब नेकपाको भागबाट तीन मन्त्री र दुई राज्यमन्त्री थप्ने तयारी रहेको स्रोतले जनाएको छ।
सरकार विस्तार र विश्वासको मतबारे मुख्यमन्त्री भट्ट, नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, प्रदेश संयोजक हरि चौधरी तथा नेतृ रञ्जिता श्रेष्ठबीच समेत छलफल भएको छ। विश्वासको मतपछि सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँटको प्रक्रिया टुंगो लाग्ने अपेक्षा गरिएको छ।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!