जापानमा १ लाखभन्दा बढी मानिसको उमेर १०० वर्ष नाघ्यो

जापानमा १ लाखभन्दा बढी मानिसको उमेर १०० वर्ष नाघ्यो

काठमाडौं । जापानमा १०० वर्ष वा सोभन्दा बढी उमेरका मानिसको संख्या पहिलोपटक १ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार जापानमा १ लाख ७ हजार ६७७ जना शतायु रहेका छन्। तीमध्ये करिब ८८ प्रतिशत महिला छन्। स्वस्थ खानपान, नियमित शारीरिक सक्रियता र जीवनशैलीलाई जापानमा दीर्घायुका प्रमुख कारणका रूपमा लिइन्छ।

तर, जापानमा मानिसको औसत आयु बढ्दै जाँदा जन्मदर भने निरन्तर घटिरहेको छ। यसले युवा जनशक्तिको अभाव र सामाजिक सुरक्षा प्रणालीमाथि बढ्दो दबाब सिर्जना गरेको छ।
सरकारले जन्मदर बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि विवाह तथा सन्तान हुर्काउने बढ्दो खर्चका कारण युवाहरूमा परिवार विस्तारप्रतिको रुचि घटिरहेको बताइन्छ।

एकातिर शतायुको संख्या बढ्दैछ, अर्कोतिर नयाँ पुस्ताको संख्या घट्दैछ-जापान अहिले जनसांख्यिक परिवर्तनको ठूलो चुनौतीसँग जुधिरहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

शपथपछि गगन थापालाई विश्वप्रकाशको अँगालो, माला लगाउँदा देखियो रोचक दृश्य
1 हप्ता अगाडि

काठमाडौं । शपथग्रहणपछि नेपाली कांग्रेसका सभापति गगन थापा र नेता विश्वप्रकाश शर्माबीचको आत्मीय भेटले ...

छुटाउनुभयो कि ?

TOP