'कोरियामा कमारा बनेर पैसा कमाउने नेपाली' भन्दै हर्क साम्पाङको टिप्पणी विवादमा

'कोरियामा कमारा बनेर पैसा कमाउने नेपाली' भन्दै हर्क साम्पाङको टिप्पणी विवादमा

काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि पुगेका नेपालीलाई लक्षित गर्दै सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमा गरेको टिप्पणी विवादमा परेको छ।
साम्पाङले सामाजिक सञ्जालमा 'कोरियामा कमारो बनेर पैसा कमाउने केही नेपाली' भन्दै देशको माटोप्रतिको भावनाबारे प्रश्न उठाएका छन्। उनले आफ्नो पोस्टमै 'केही, सबैलाई भनेको होइन' भन्दै सबै नेपालीलाई लक्षित नगरेको स्पष्ट गरेका छन्।

तर, उनको अभिव्यक्तिमा प्रयोग भएको ‘कमारा बनेर पैसा कमाउने’ शब्दावलीप्रति सामाजिक सञ्जालमा असन्तुष्टि देखिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कठिन परिस्थितिमा श्रम गरेर परिवारसँगै देशको अर्थतन्त्रमा समेत योगदान पुर्‍याइरहेको भन्दै यस्तो भाषामाथि प्रश्न उठाइएको हो।

अर्कोतर्फ, साम्पाङको भनाइलाई विदेशमा स्थायी बसाइँसराइ र देशसँगको सम्बन्धबारे उठाइएको प्रश्नका रूपमा पनि हेरिएको छ। यसअघि पनि उनले श्रमको सम्मान र श्रम संस्कृतिलाई प्राथमिकता दिनुपर्ने धारणा सार्वजनिक रूपमा राख्दै आएका छन्।

साम्पाङको पछिल्लो अभिव्यक्तिले वैदेशिक रोजगारीमा रहेका नेपालीको श्रम, सम्मान, देशप्रतिको सम्बन्ध र सार्वजनिक व्यक्तिले प्रयोग गर्ने भाषाबारे सामाजिक सञ्जालमा बहस चर्किएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

शपथपछि गगन थापालाई विश्वप्रकाशको अँगालो, माला लगाउँदा देखियो रोचक दृश्य
1 हप्ता अगाडि

काठमाडौं । शपथग्रहणपछि नेपाली कांग्रेसका सभापति गगन थापा र नेता विश्वप्रकाश शर्माबीचको आत्मीय भेटले ...

छुटाउनुभयो कि ?

TOP