जाने होइन त अन्तरिक्ष यात्रामा? ६ दिनको प्याकेजको मूल्य ७ लाख ६० हजार डलर

जाने होइन त अन्तरिक्ष यात्रामा? ६ दिनको प्याकेजको मूल्य ७ लाख ६० हजार डलर

काठमाडौं । अन्तरिक्ष यात्रा अब पर्यटकका लागि पनि वास्तविक विकल्प बन्दै गएको छ। चिनियाँ अनलाइन ट्राभल प्लेटफर्म Trip.com ले अहिलेसम्मकै महँगोमध्ये एक अन्तरिक्ष यात्रा प्याकेज सार्वजनिक गरेको छ।

करिब ७ लाख ६० हजार अमेरिकी डलर पर्ने ६ दिने प्याकेजमा अमेरिकास्थित Virgin Galactic ले सञ्चालन गर्ने करिब ९० मिनेटको सब-अर्बिटल अन्तरिक्ष उडान समावेश छ।
अमेरिकाको न्यू मेक्सिकोबाट हुने यात्राअघि चार दिनसम्म सिमुलेटर, जी-फोर्स र आपत्कालीन प्रतिक्रियासहित विभिन्न प्रशिक्षण दिइनेछ। प्याकेज बुक गर्न मात्रै १ लाख ५० हजार डलर धरौटी राख्नुपर्ने व्यवस्था रहेको बताइएको छ।


अन्तरिक्षमा पुगेर पृथ्वीलाई केही समय बाहिरबाट हेर्ने यो अनुभव सामान्य पर्यटकका लागि भने निकै महँगो देखिन्छ। यद्यपि, अन्तरिक्ष पर्यटनप्रति बढ्दो चासोका कारण यो प्याकेजले चिनियाँ बजारमा चर्चा पाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

शपथपछि गगन थापालाई विश्वप्रकाशको अँगालो, माला लगाउँदा देखियो रोचक दृश्य
1 हप्ता अगाडि

काठमाडौं । शपथग्रहणपछि नेपाली कांग्रेसका सभापति गगन थापा र नेता विश्वप्रकाश शर्माबीचको आत्मीय भेटले ...

छुटाउनुभयो कि ?

TOP