काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि सैन्य आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्। फक्स न्युजका पत्रकार ट्रे यिङ्स्टसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा ट्रम्पले यस्तो अभिव्यक्ति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
रिपोर्टअनुसार ट्रम्पले भनेका थिए, “यदि ओमानले हाम्रो काममा बाधा पुर्यायो भने हामी उनीहरूलाई नराम्ररी बमबारी गर्नेछौँ।” उनको यो अभिव्यक्तिलाई मध्यपूर्वमा बढ्दो तनावबीच आएको कठोर चेतावनीका रूपमा हेरिएको छ।
अमेरिका र इरानबीच पछिल्लो समय होर्मुज जलडमरूमध्य (Strait of Hormuz) पुनः सञ्चालन गर्ने विषयमा वार्ता चलिरहेको छ। विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास आपूर्ति हुने यो समुद्री मार्ग लामो समयदेखि तनावको केन्द्र बनेको छ। ओमानले परम्परागत रूपमा अमेरिका र इरानबीच मध्यस्थकर्ताको भूमिका खेल्दै आएको भए पनि पछिल्ला घटनाक्रमले उसको भूमिकामाथि दबाब बढेको बताइएको छ।
ट्रम्प प्रशासनले इरानको आणविक कार्यक्रमलाई लिएर कडा अडान कायम राखेको छ। ट्रम्पले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने आफ्नो प्राथमिकता रहेको दोहोर्याउँदै आवश्यक परे थप सैन्य कदम चाल्न सकिने संकेत दिएका छन्।
ट्रम्पको अभिव्यक्तिपछि अमेरिकी राजनीतिमा समेत प्रतिक्रिया सुरु भएको छ। केही डेमोक्रेट सांसदहरूले ओमानविरुद्ध सम्भावित सैन्य कारबाही रोक्न ‘वार पावर्स रेजोलुसन’ ल्याउने तयारी गरेका छन्। उनीहरूले ओमान अमेरिकाको लामो समयदेखिको साझेदार राष्ट्र भएकाले यस्तो धम्कीले क्षेत्रीय स्थिरतामा गम्भीर असर पार्न सक्ने बताएका छन्।
विश्लेषकहरूले ट्रम्पको पछिल्लो चेतावनीले अमेरिका–इरान सम्बन्ध थप जटिल बन्न सक्ने र मध्यपूर्वमा नयाँ कूटनीतिक तथा सुरक्षा चुनौती उत्पन्न हुन सक्ने बताएका छन्।
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले ग्यास उद्योगीहरूप ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!