पोखरा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि पोखराका कवाडी व्यवसायीहरूले करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन्।
युवा व्यवसायी सुजन गुरुङको पहल तथा आह्वानमा कवाडी व्यवसायीहरूबाट सङ्कलित रकमबाट करिब ८ लाख रुपैयाँ बराबरका भाँडाकुँडा खरिद गरिएको हो। ढुवानी खर्चसमेत जोड्दा कुल सहयोग करिब १० लाख रुपैयाँ बराबरको रहेको व्यवसायीहरूले बताएका छन्।
सङ्कलित राहत सामग्री पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिएको छ। राहतअन्तर्गत बाढीपीडित परिवारका लागि १३० थान प्रेसर कुकर, १६५ थान कराई, १६५ थान डाडु र १६५ थान पन्यूँ उपलब्ध गराइएको छ।
त्यस्तै, ६ सय थान थाल, ६ सय थान कचौरा, ६ सय थान गिलास र ६ सय थान चम्चा समेत सहयोग गरिएको छ। यी सामग्री करिब १६५ परिवारलाई पुग्ने गरी प्याकेज बनाएर वितरण गर्ने तयारी गरिएको महानगरपालिकाले जनाएको छ।
गुरुङका अनुसार भोटेकोशी बाढीले घरबाससँगै दैनिक खाना पकाउन आवश्यक भाँडाकुँडासमेत बगाएपछि पीडित परिवारको चुलो बाल्न सहयोग पुगोस् भन्ने उद्देश्यले राहत अभियान सञ्चालन गरिएको हो।
"विपद्को समयमा पीडामा परेका नागरिकलाई सहयोग गर्नु सबैको मानवीय दायित्व हो," गुरुङले भने, “हामीले जुटाएको यो सानो सहयोगले भए पनि बाढीपीडितको चुलो बलोस् र दुःखमा केही राहत मिलोस् भन्ने हाम्रो चाहना हो।”
सामग्री बुझ्दै पोखरा महानगरपालिकाका प्रमुख आचार्यले कवाडी व्यवसायीहरूले देखाएको सामाजिक उत्तरदायित्व र मानवीय भावनाको प्रशंसा गरे। उनले प्राप्त सामग्री वास्तविक पीडित परिवारसम्म व्यवस्थित रूपमा पुर्याउने प्रतिबद्धता जनाए।
महानगरपालिकाका अनुसार राहत सामग्री ३ वटा गाडीमार्फत प्रभावित क्षेत्रतर्फ पठाउने तयारी गरिएको छ। भाँडाकुँडासँगै लत्ताकपडा, सिरक र डसना लगायतका सामग्रीसमेत सहयोगका रूपमा सङ्कलन गरिएको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!