कुकुरबाट सर्ने रेबिज उन्मूलन गर्ने दक्षिण एसियाकै पहिलो देश बन्यो भुटान!

कुकुरबाट सर्ने रेबिज उन्मूलन गर्ने दक्षिण एसियाकै पहिलो देश बन्यो भुटान!

विश्व स्वास्थ्य संगठन (WHO) ले भुटानलाई कुकुरबाट मानिसमा सर्ने रेबिज जनस्वास्थ्य समस्याका रूपमा उन्मूलन गरेको देशका रूपमा मान्यता दिएको छ।यो उपलब्धि हासिल गर्ने WHO को दक्षिण–पूर्वी एसिया क्षेत्रमा भुटान पहिलो देश बनेको हो।भुटानले पछिल्लो एक दशकदेखि ‘वन हेल्थ’ अवधारणा अपनाउँदै मानिस, जनावर र वातावरणको स्वास्थ्यलाई एकअर्कासँग जोडेर रेबिज नियन्त्रण अभियान सञ्चालन गर्दै आएको थियो।कुकुरको व्यापक खोप, कुकुरको संख्या व्यवस्थापन, रोगको निगरानी, जनचेतना र स्वास्थ्य तथा पशु स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई प्राथमिकता दिइएको थियो।WHO का अनुसार सन् २०२३ को जुनदेखि भुटानमा कुकुरबाट सर्ने रेबिजका कारण कुनै मानव मृत्यु भएको छैन। यही निरन्तर सफलता र प्रभावकारी निगरानी प्रणालीका आधारमा WHO ले भुटानलाई यो महत्वपूर्ण मान्यता दिएको हो।भुटानको यो उपलब्धि ‘Zero by 30’ अर्थात् सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजका कारण हुने मानव मृत्यु शून्यमा झार्ने विश्वव्यापी लक्ष्यतर्फको ठूलो सफलता मानिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मुस्ताङ भूकम्पपछि क्षतिग्रस्त घरबाट सामान सुरक्षित स्थानमा सारियो
2 घण्टा अगाडि

काठमाडौ ।उपल्लो मुस्ताङ केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षतिग्रस्त घरहरूबाट सामान सुरक्षित स्थानमा ...

छुटाउनुभयो कि ?

TOP