काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय तेल बजारमा देखिन थालेको छ। अमेरिका र इरानबीचको तनाव थप चर्किएसँगै कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९९ डलरनजिक पुगेको छ। विशेषगरी विश्वको महत्वपूर्ण तेल ढुवानी मार्ग होर्मुज जलडमरूमध्य आसपासको सुरक्षा अवस्थालाई लिएर लगानीकर्तामा चिन्ता बढेको छ।
होर्मुज जलडमरूमध्यबाट ठूलो परिमाणमा विश्व बजारका लागि आवश्यक तेल तथा ऊर्जा पदार्थ ढुवानी हुने भएकाले यहाँको तनावले आपूर्ति प्रभावित हुनसक्ने आशंका गरिएको छ। तनाव लामो समयसम्म जारी रहेमा तेलको मूल्य अझ बढ्न सक्ने र त्यसको असर पेट्रोलियम पदार्थ, यातायात तथा अन्य उपभोग्य वस्तुको मूल्यमा समेत पर्न सक्ने विश्लेषण गरिएको छ।
मध्यपूर्वको अवस्थालाई विश्व बजारले नजिकबाट नियालिरहेको छ। ऊर्जा आपूर्तिमा अवरोध आएमा यसको प्रभाव केवल सम्बन्धित क्षेत्रमै सीमित नरही विश्व अर्थतन्त्रमा समेत पर्न सक्ने चिन्ता बढेको छ।
सङ्खुवासभा । पाँचखपन नगरपालिका-८ पोख्राङमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने द ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!