नारायणी नदीको कटानबाट सुस्ताको भूभाग जोगाउने उद्देश्यले स्थानीयवासी, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाहरू एकजुट भएर नदी किनारमा संरक्षणका काम गरेका हुन्। उनीहरूले जोखिमयुक्त क्षेत्रमा बाँस, बोरा तथा अन्य सामग्रीको प्रयोग गरी कटान रोक्ने प्रयास गरेका छन्।
नदी कटानका कारण सुस्ताको बस्ती तथा सीमाक्षेत्र जोखिममा पर्दै गएपछि स्थानीयवासीले सुरक्षाकर्मीसँगको सहकार्यमा श्रमदान अभियान सञ्चालन गरेका हुन्। अभियानले सीमा क्षेत्रको संरक्षणसँगै स्थानीयमा एकताको भावना समेत बलियो बनाउने अपेक्षा गरिएको छ।
स्थानीयका अनुसार नारायणी नदीमा पानीको बहाव बढेसँगै कटानको जोखिम थप बढ्ने भएकाले दीर्घकालीन रूपमा तटबन्ध निर्माण तथा प्रभावकारी नदी नियन्त्रणका कार्यक्रम आवश्यक छन्। स्थानीय र सुरक्षाकर्मीको सामूहिक प्रयासले तत्कालीन रूपमा कटान रोक्न सहयोग पुगेको बताइएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकलाई ह ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!