सीटीईभीटीका करार तथा ज्यालादारी कर्मचारीद्वारा केन्द्रीय कार्यालय घेराउ

सीटीईभीटीका करार तथा ज्यालादारी कर्मचारीद्वारा केन्द्रीय कार्यालय घेराउ
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का देशभर कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले सेवा–सुविधा र पारिश्रमिकमा विभेद भएको भन्दै केन्द्रीय कार्यालय घेराउ गरेका छन्।

६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करिब २ हजार २ सय कर्मचारीले विभिन्न माग राख्दै चरणबद्ध आन्दोलन सुरु गरेका हुन्। उनीहरूले आफूहरूले समान प्रकृतिको काम गरे पनि सेवा–सुविधा र पारिश्रमिकमा विभेद गरिएको गुनासो गरेका छन्।

आन्दोलनरत कर्मचारीहरूले ‘समान कामका लागि समान ज्याला’ लागू गर्नुपर्ने माग गरेका छन्। साथै विभिन्न भत्ता तथा सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

माग पूरा नभएसम्म आन्दोलनलाई थप चरणमा अघि बढाउने कर्मचारीहरूले चेतावनी दिएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP