काठमाडौं। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव जग्गासम्बन्धी किर्ते तथा ठगी आरोपमा पक्राउ परेका छन्।
जिल्ला अदालत नवलपरासी पश्चिमबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले शनिबार यादवलाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध जग्गा कारोबारमा किर्ते कागजात प्रयोग गरी ठगी गरेको आरोपमा उजुरी परेको थियो।
पक्राउबाट जोगिन यादवले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अल्पकालीन अन्तरिम आदेशको माग गरेका थिए। तर अदालतले उनको माग अस्वीकार गरेपछि प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार अदालतबाट अनुसन्धान र कानुनी कारबाही अगाडि बढाउन अनुमति प्राप्त भएपछि भाग्ने तयारीमा रहेका यादवलाई पूर्वी–पश्चिम नवलपरासीको सिमाक्षेत्रबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार मनोजकुमार पालले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको छ। पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय बेलाटारीमा राखिएको छ।
प्रहरीले उनलाई सोमबार अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ। यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले एक वर्षअघि आजकै दिन भएको घटना राष्ट्रको इतिहासमा पीडाद ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!