काठमाडौं। काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा देखिएको एलपी ग्यास अभाव क्रमशः कम हुँदै गएको छ। नेपाल आयल निगमले भारतबाट ग्यास आयात बढाइएको र वितरण प्रणालीलाई चुस्त बनाइएकाले बजार अवस्था सुधारोन्मुख रहेको जनाएको छ।
निगमका अनुसार ७.१ केजीबाट पुनः १४.२ केजी ग्यास भरिएका सिलिन्डर वितरण सुरु भएपछि एक्कासी माग बढ्दा केही दिन आपूर्ति व्यवस्थापनमा समस्या देखिएको थियो। अहिले भने दैनिक १०० भन्दा बढी ग्यास बुलेट भारतबाट नेपाल भित्रिइरहेका छन्।
निगमका एलपी ग्यास विभाग निर्देशक विनितमणि उपाध्याय ले बढीमा एक साताभित्र ग्यास वितरण पूर्ण रूपमा सामान्य हुने बताएका छन्। उपभोक्तालाई आवश्यकभन्दा बढी ग्यास सञ्चित नगर्न पनि आग्रह गरिएको छ।
ग्यास उद्योगीहरूका अनुसार उपभोक्ताले आधा सिलिन्डर (७.१ केजी) भन्दा पूर्ण १४.२ केजी ग्यासलाई बढी प्राथमिकता दिएका कारण माग एक्कासी बढेको हो। पछिल्लो चार महिनामा आधा सिलिन्डर प्रणाली लागू हुँदा आयात घटेको भए पनि अहिले पुनः आयातको मात्रा तीव्र रूपमा बढाइएको छ।
निगमको तथ्यांकअनुसार साउन महिनाको २२ दिनमै ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भइसकेको छ। यो दर कायम रहे साउनभित्र ५५ हजार मेट्रिक टन सम्म ग्यास आयात हुने अनुमान गरिएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव स्वयं अनुगमनमा खटिएकी छन्। मन्त्रीसहितको टोलीले विभिन्न ग्यास उद्योग, डिलर तथा बिक्री केन्द्रहरूको निरीक्षण गर्दै कृत्रिम अभाव वा कालोबजारी भए–नभएको निगरानी गरिरहेको छ।
यसैबीच, निगमले गठन गरेको ‘क्विक रेस्पोन्स टिम’ ले ग्यास नपाएको भन्दै आएका ५०० भन्दा बढी उपभोक्ता गुनासा समाधान गरिसकेको जनाएको छ।
निगमका अनुसार हालसम्म बजारमा कृत्रिम अभाव वा कालोबजारी भएको प्रमाण फेला परेको छैन। सरकारले आगामी चाडपर्वलाई लक्षित गर्दै ग्यास आपूर्ति थप सुनिश्चित गर्न भारतसँग आयात कोटा बढाउने पहलसमेत गरिरहेको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले एक वर्षअघि आजकै दिन भएको घटना राष्ट्रको इतिहासमा पीडाद ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!