उनले प्रतिपक्षले सरकारसँग जवाफ माग्नु असहयोग नभएको भन्दै सरकारलाई सचेत गराउनु अपमान नभएको स्पष्ट पारिन्। प्रधानमन्त्रीले संसद्मा उठेका प्रश्नको जवाफ दिनुपर्ने उनको भनाइ थियो।
काउचाले प्रधानमन्त्रीलाई ‘एक्लै लड्नुपर्ने बाध्यता किन आयो?’ भन्दै प्रश्न गर्दै मुलुकको हितमा सरकारले चाल्ने सही कदममा प्रतिपक्ष साथमा रहेको बताइन्। तर विधि, प्रक्रिया, लोकतान्त्रिक मूल्य–मान्यता, संविधान, संसदीय मर्यादा र संसद्को सर्वोच्चतालाई कमजोर बनाउने काममा भने प्रतिपक्ष मौन बस्न नसक्ने उनको भनाइ थियो।
त्यस्तै, संसद्मा दैनिक उठिरहेको सीमा सम्बन्धी विवादास्पद अभिव्यक्तिको विषयले प्रधानमन्त्रीको साख कमजोर बनाइरहेको उनले दाबी गरिन्। संसद्को रेकर्डमा रहेको विवादास्पद अभिव्यक्ति सच्याउन किन कठिनाइ भइरहेको छ भन्दै उनले प्रश्न गरिन्।
काउचाले गल्ती स्वीकार गर्नु कमजोरी नभएको र सत्य सच्याउनु नेतृत्वको शक्ति भएको बताइन्। प्रतिपक्ष प्रधानमन्त्रीलाई अपमानित गर्न नभई उनको ओझ अझ बढाउन चाहेको उनको भनाइ थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकलाई ह ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!