सिराहामा ९१ किलो गाँजासहित एक पक्राउ, चार जना फरार

सिराहामा ९१ किलो गाँजासहित एक पक्राउ, चार जना फरार

सिराहामा प्रहरीले ९१ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य चार जना भने फरार भएका छन्।

प्रहरीका अनुसार गस्ती टोलीले सिमरा बलान खोलाबाट कपडाको नाम्लोमा बोरा बोकेर हिँडिरहेका पाँच जनामध्ये ४३ वर्षीय मोहन साहलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूले बोकेका बोराबाट ९१ किलो गाँजा बरामद गरेको जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा फरार कलेन्द्र यादव, ब्रम्हदेव यादवसहित अन्य दुई जनाको प्रहरीले खोजीकार्य तीव्र पारेको छ। प्रहरीले उनीहरूलाई पक्राउ गर्न सम्भावित स्थानमा निगरानी तथा खोजी अभियान अघि बढाएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP