काठमाडौं । गायिका बिष्णु माया पौडेलको स्वरमा रहेको नयाँ गीत ‘दुई सय तोला सुन’ यतिबेला डिजिटल प्लेटफर्ममा चर्चाको केन्द्र बनेको छ। गीत सार्वजनिक भएको छोटो समयमै दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै गएको छ भने यसको कथावस्तु र प्रस्तुतिले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ।
बिष्णु माया पौडेल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले आधुनिक समाजको परिवेशसँग जोडिएको रोचक कथा प्रस्तुत गरेको छ। गीतको भिडियो हेर्ने र त्यसमा समेटिएको ‘रामकहानी’ बुझ्न चाहने दर्शकहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ। टिकटक, फेसबुक र अन्य सामाजिक सञ्जालमा गीतका अंश प्रयोग गरेर भिडियो बनाउने क्रम पनि तीव्र बनेको छ।
आरबी केसीको शब्द तथा संगीत रहेको गीतमा बिष्णु माया पौडेलको सशक्त स्वर सुन्न सकिन्छ। भिडियोमा चर्चित मोडल अस्मिता जुरेली, आरती बुढा तथा बिष्णु माया पौडेल स्वयंको आकर्षक अभिनय र नृत्य प्रस्तुत गरिएको छ। छायांकन रामकुमार केसीले गरेका हुन् भने कोरियोग्राफी दिपेश एसकेको रहेको छ। भिडियो सम्पादन (एडिटिङ) टेकेन्द्र शाहले गरेका छन्, जसले भिडियोको प्रस्तुति र दृश्य संरचनालाई थप प्रभावशाली बनाएको छ।
गोकर्णेश्वर नगरपालिकास्थित शहीद स्मारक पार्क तथा काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोले तीजको रौनकलाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। गीतमा प्रेम, आकर्षण र सामाजिक यथार्थलाई मनोरञ्जनात्मक ढंगले देखाइएको छ, जसका कारण दर्शकहरू भिडियो दोहोर्याएर हेर्न बाध्य भएका छन्।
गीत सार्वजनिक भएसँगै युट्युबमा दर्शकको सकारात्मक प्रतिक्रिया आइरहेको छ। धेरैले गीतको शब्द, संगीत, अभिनय र भिडियो निर्माण पक्षको प्रशंसा गरेका छन्। विशेषगरी टेकेन्द्र शाहको सम्पादन शैली र भिडियोको गति दर्शकलाई मन परेको प्रतिक्रिया सामाजिक सञ्जालमा देखिन थालेको छ।
तीज पर्वको अवसरमा सार्वजनिक गरिएको ‘दुई सय तोला सुन’ अहिले केवल गीतका रूपमा मात्र नभई चर्चित डिजिटल ट्रेन्डका रूपमा स्थापित हुँदै गएको छ। गीतको वास्तविक कथा, पात्र र त्यसमा समेटिएको ‘रामकहानी’ जान्न चाहनेहरूका लागि बिष्णु माया पौडेल युट्युब च्यानल अहिले प्रमुख गन्तव्य बनेको छ।
काठमाडौं । नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड रु ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!