शुक्रबार ठमेल पर्यटन विकास परिषद्को आयोजनामा भएको कार्यक्रममा हिमपहिरोमा परी निधन भएका आरोहीहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो।
उक्त हिमपहिरोमा नेपालका चर्चित आरोही निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधन भएको थियो।
त्यस्तै, ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी मलोरी गाइसले पनि ज्यान गुमाएका थिए।
दीप प्रज्वलन कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य सहदेव धमला, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोल, पूर्वअध्यक्ष भविश्वर शर्मा, वरिष्ठ पर्यटन व्यवसायी रमेश धमलालगायत पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र साहसको स्मरण गरेका थिए।
महोत्तरी । घरमा आफन्त र छिमेकीको बाक्लो आउजाउ छ। सबैले एउटै कुरा भन्छन्-‘विकासलाई केही हुँदैन, ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!