काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले सरकारी निकायमा सुशासन कायम गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन देशभर अनुगमन गतिविधि तीव्र बनाएको जनाएको छ।
केन्द्रका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएयता देशभरका ८५३ सरकारी कार्यालयको अनुगमन गरिएको छ। अनुगमनका क्रममा आचारसंहिता तथा कार्यसम्पादनमा कमजोरी देखिएका ८ हजार ८३० कर्मचारीमाथि आवश्यक कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
केन्द्रले नियमित अनुगमनमार्फत सरकारी कार्यालयमा अनुशासन, पारदर्शिता र जवाफदेहिताको अवस्था मूल्याङ्कन गरिरहेको जनाएको छ। साथै राष्ट्रिय गौरवका आयोजना तथा अन्य विकास योजनाको प्राविधिक परीक्षणसमेत सञ्चालन गरिएको जानकारी दिएको छ।
सेवा प्रवाहमा हुने ढिलासुस्ती न्यूनीकरण गर्न ‘फाइल ट्र्याकिङ’ प्रणाली कार्यान्वयन गरिएको केन्द्रले जनाएको छ। सेवाग्राहीले प्राप्त गर्ने सेवाको गुणस्तर मापन गर्न सन्तुष्टि सर्वेक्षणसमेत सञ्चालन भइरहेको केन्द्रको भनाइ छ।
सरकारी सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित अनुगमन तथा मूल्याङ्कनका गतिविधि निरन्तर अगाडि बढाइएको केन्द्रले जनाएको छ।
काठमाडौं। भोटेकोशी बाढीमा बेपत्ता भएका आफ्ना नागरिकको खोजी तथा उद्धारलाई प्राथमिक एजेन्डा बनाएर दक्ष ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!