खाना नपाएपछि खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको विरोध

खाना नपाएपछि खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको विरोध

खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुमवासीहरूले सरकारले सोमबार साँझदेखि खानाको व्यवस्था नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन्।

होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीका अनुसार उनीहरू सोमबार साँझदेखि भोकै बस्न बाध्य भएका हुन्। उनीहरूले वृद्धवृद्धा, बालबालिका तथा बिरामीलाई सबैभन्दा बढी समस्या परेको बताएका छन्। खाना नपाएपछि औषधि सेवन गर्नसमेत कठिन भएको उनीहरूको गुनासो छ।

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले सोमबार बिहानसम्म खाना पाएको भए पनि साँझदेखि वितरण रोकिएको जानकारी दिए।

सरकारले गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएर विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो। खरिपाटी होल्डिङ सेन्टरमा हाल ९९ परिवारका २०७ जना बसिरहेका छन्।

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ। यसबीच सुकुमवासीले विरोध सुरु गरेपछि सम्भावित अप्रिय घटना रोक्न सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP