देशभर खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि उपभोक्ताहरू समस्यामा परेका छन्। ग्यास सिलिन्डर पाउन बिहानैदेखि डिपो तथा ग्यास पसलहरूमा लामो लाइन लाग्ने गरेको छ।
विशेषगरी पोखरामा ग्यासको चरम अभाव देखिएको छ। ग्यास आपूर्ति अनियमित भएपछि उपभोक्ताहरू घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। धेरै स्थानमा ग्यास सकिएको भन्दै डिपोहरूले उपभोक्तालाई रित्तै फर्काइरहेका छन्।
उपभोक्ताहरूले दैनिक जीवन प्रभावित भएको भन्दै सहज र नियमित ग्यास आपूर्तिको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्। यता, ग्यास अभावको कारण र आपूर्ति सहज हुने समयबारे सम्बन्धित निकायबाट स्पष्ट जानकारी आउन बाँकी छ।
काठमाडौं । सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी हुँदा प्रयोगविहीन कागजात तथा कानून पत्रिकाका केही क ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!