गोरखामा पहिरोको कहर: पेट्रोल पम्प पुरियो, पाँच मोटरसाइकल दबिए, एक घर पूर्ण रूपमा क्षतिग्रस्त!

गोरखामा पहिरोको कहर: पेट्रोल पम्प पुरियो, पाँच मोटरसाइकल दबिए, एक घर पूर्ण रूपमा क्षतिग्रस्त!

गोरखामा लगातारको वर्षापछि आएको पहिरोले पेट्रोल पम्प र एक घरमा ठूलो क्षति पुर्‍याएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिका-११ बाह्रकिलोस्थित पेट्रोल पम्पको पछाडिबाट बिहीबार बिहान करिब ६ बजे खसेको पहिरोले पम्पको डिस्पेन्सर मेसिन पुरिनुका साथै त्यहाँ पार्किङ गरेर राखिएका पाँच वटा मोटरसाइकल समेत पुरिएका छन्।

डीएसपी राजकुमार श्रेष्ठका अनुसार प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो हटाउने तथा क्षतिको व्यवस्थापन गर्ने काम जारी छ।

यस्तै, बुधबार राति पालुङटार नगरपालिका-१ कोलकोटेमा लेदोसहित आएको पहिरोले स्थानीय बाबुराम थापाको एकतले पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भूकम्पपछि निर्माण गरिएको उक्त घर बस्न नमिल्ने अवस्थामा पुगेपछि परिवार अहिले पुरानै घरमा बसिरहेको प्रहरीले जनाएको छ।

पहिरो प्रभावित क्षेत्रमा थप जोखिमको सम्भावना रहेकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP