पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका चर्चित नेपाली पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव आज बेलुका ४ बजे नेपाल ल्याइएको छ।
सगरमाथा आरोही तथा गाइड पेम्बा शेर्पाका अनुसार अहिले पाकिस्तानबाट पुरबहादुर गुरुङको शव मात्र नेपाल ल्याइएको हो। उनले अन्य नेपाली पर्वतारोहीहरूको व्यवस्थापनबारे प्रक्रिया जारी रहेको बताए।
पेम्बा शेर्पाले भने, ‘आज युक्तको मात्रै शव ल्याइने तयारी भएको हो। हाम्रो साथीहरू अझै पाकिस्तानमै छन्। निम्स दाइको शव नेपाल ल्याइने वा नल्याइने भन्ने टुंगो लागेको छैन, सायद लण्डन नै लैजान सकिन्छ।’
गत साता ब्रोड पिक क्षेत्रमा आएको हिमपहिरोमा १० जनाको मृत्यु भएको थियो, जसमध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। उक्त घटनाले नेपाली पर्वतारोहण क्षेत्रमा गहिरो शोक छाएको छ।
काठमाडौं । सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी हुँदा प्रयोगविहीन कागजात तथा कानून पत्रिकाका केही क ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!