काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता प्राडा डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा लामो समयदेखि रिक्त रहेका पदाधिकारीहरू तत्काल नियुक्त गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार जारी वक्तव्यमा डा. केसीले आयोगमा योग्य र निष्पक्ष व्यक्तिको सट्टा अयोग्य तथा स्वार्थ बाझिने व्यक्तिलाई नियुक्त गर्ने प्रयास भइरहेको आरोप लगाएका छन्। उनले यस्तो कदमले चिकित्सा शिक्षा ऐनको मर्ममात्र होइन, आयोगकै अस्तित्व कमजोर बनाउने दाबी गरेका छन्।
उनले आयोगलाई प्रभावकारी बनाउन कानुनअनुसार योग्य, सक्षम र स्वच्छ छवि भएका पदाधिकारी नियुक्त गर्न सरकारलाई आग्रह गरेका छन्। अन्यथा आफू बाध्य भएर असार २५ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने चेतावनी दिएका छन्।
डा. केसीले विगतमा भएका सम्झौता र चिकित्सा शिक्षा सुधारसम्बन्धी प्रतिबद्धताहरू कार्यान्वयनमा सरकार गम्भीर नदेखिएको भन्दै तत्काल सुधारात्मक कदम चाल्न पनि माग गरेका छन्।
सिरहा।सिरहामा प्रहरीले पेस्तोल र म्याग्जिनसहित तीन युवालाई पक्राउ गरेको छ। लक्ष्मीपुर पतारी गाउँपालि ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!