एकैदिन ४ हजार २०० रुपैयाँले बढ्यो सुन, प्रतितोला २ लाख ८८ हजार पुग्यो!

एकैदिन ४ हजार २०० रुपैयाँले बढ्यो सुन, प्रतितोला २ लाख ८८ हजार पुग्यो!

नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ९५ रुपैयाँले वृद्धि भएर ४ हजार ४७५ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूले बताएका छन्। सुन र चाँदीको मूल्यमा भएको यो वृद्धिसँगै खरिदकर्तामाथि थप आर्थिक भार परेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP