टीबी परीक्षणमा गोकर्णेश्वरको फड्को, अब एकैपटक १६ जनाको खकार परीक्षण

टीबी परीक्षणमा गोकर्णेश्वरको फड्को, अब एकैपटक १६ जनाको खकार परीक्षण

काठमाडौं । गोकर्णेश्वर नगर अस्पतालमा अत्याधुनिक टीबी परीक्षण मेसिन स्थापना गरिएको छ। नयाँ मेसिन जडानसँगै अब एकैपटक १६ जनासम्मको खकार परीक्षण गर्न सकिने भएको छ, जसले क्षयरोग परीक्षण सेवालाई थप छिटो, प्रभावकारी र सहज बनाउने अपेक्षा गरिएको छ।

यसअघि अस्पतालमा माइक्रोस्कोपमार्फत एकपटकमा एक जनाको मात्र खकार परीक्षण गर्न सकिने व्यवस्था थियो। नयाँ प्रविधि भित्रिएपछि टीबीको समयमै पहिचान, स्क्रिनिङ तथा उपचार प्रक्रियामा महत्वपूर्ण सुधार आउने विश्वास गरिएको छ।

मेसिन सञ्चालनका लागि जापानी प्राविधिक टोलीले अस्पतालका स्वास्थ्यकर्मीलाई चार दिने विशेष तालिम दिनेछ। तालिम सम्पन्न भएपछि अस्पतालले नियमित रूपमा आधुनिक प्रविधिमार्फत टीबी परीक्षण सेवा सञ्चालन गर्ने जनाएको छ।

उक्त मेसिन गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको विशेष पहलमा जापान सरकार, राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुर, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं र गोकर्णेश्वर नगरपालिकाको संयुक्त समन्वयमा अस्पतालमा स्थापना गरिएको हो।

स्वास्थ्य क्षेत्रको सेवा विस्तार र क्षयरोग नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित जडान गरिएको यो मेसिनले गोकर्णेश्वरसहित आसपासका क्षेत्रका नागरिकलाई आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP