तीन दशक लामो कलायात्राको सम्मान : जेबिडिसी ‘विशेष कलाकार सम्मान–२०८३’बाट सम्मानित

तीन दशक लामो कलायात्राको सम्मान : जेबिडिसी ‘विशेष कलाकार सम्मान–२०८३’बाट सम्मानित

काठमाडौं। नेपाली रंगमञ्च, रेडियो नाटक, टेलिचलचित्र तथा चलचित्र क्षेत्रमा करिब तीन दशकदेखि निरन्तर सक्रिय वरिष्ठ कलाकार तथा निर्देशक जुद्धबहादुर डी.सी. (जेबिडिसी) लाई ‘विशेष कलाकार सम्मान–२०८३’ प्रदान गरिएको छ।

एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले आफ्नो १४औँ वर्ष प्रवेशको अवसरमा आयोजना गरेको ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम–२०८३’ मा उनलाई उक्त सम्मान प्रदान गरेको हो।

दाङको घोराही उपमहानगरपालिका–१२ निवासी जेबिडिसी वि.सं. २०५४ सालदेखि नेपाली कला क्षेत्रमा सक्रिय रहँदै आएका छन्। उनले रंगमञ्च, रेडियो नाटक, टेलिचलचित्र, लघु चलचित्र तथा नेपाली चलचित्रमा अभिनयमार्फत दर्शकमाझ छुट्टै पहिचान बनाएका छन्। अभिनयसँगै निर्देशन क्षेत्रमा पनि उनले उल्लेखनीय योगदान दिएका छन्।

सम्मानपत्रमा अभिनयकला, लगनशीलता, समर्पण र सिर्जनशीलतामार्फत नेपाली कला–संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको उल्लेख छ।

कार्यक्रम आयोजक एभर ग्रीन वर्ल्डवाइड इन्टरटेन्मेन्टले सम्मानले कलाकार डीसीको सिर्जनात्मक यात्रालाई थप ऊर्जा, प्रेरणा र उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि कला क्षेत्रको विकास र प्रवर्द्धनमा उनको सक्रिय योगदान रहने अपेक्षा गरिएको छ।

लामो समयदेखि नेपाली कला क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका जेबिडिसीलाई प्रदान गरिएको यो सम्मानलाई नेपाली रंगमञ्च र चलचित्र क्षेत्रका लागि समर्पित कलाकारप्रतिको सम्मानका रूपमा हेरिएको छ। यसले उनको दशकौँदेखिको योगदानको औपचारिक कदर गर्नुका साथै नेपाली अभिनय र निर्देशन क्षेत्रमा उनको स्थापित पहिचानलाई थप मजबुत बनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP