काठमाडौं। सिराहाको गोलबजार घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ। सहमतिसँगै घटनापछि उत्पन्न विवाद समाधानतर्फ गएको छ।
सहमतिअनुसार गोलबजार घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिने, छानबिन समितिको प्रतिवेदनले औंल्याएका सुझाव तथा सिफारिस कार्यान्वयन गरिने तथा मृतक गणेश यादवको सम्झनामा स्मृति पार्क निर्माण गरिने भएको छ।
यस्तै, सहमतिपत्रमा शुक्रबार (साउन १६ गते) गणेश यादवको दाहसंस्कार गर्ने उल्लेख गरिएको छ।
सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ र मृतकका तर्फबाट उनका बुबा रामवृक्ष यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
सहमतिपछि घटनालाई लिएर जारी तनाव साम्य हुने अपेक्षा गरिएको छ।
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!