विराटनगरमा साम्प्रदायिक सद्भाव बिगार्ने आरोपमा दुई जना पक्राउ!

विराटनगरमा साम्प्रदायिक सद्भाव बिगार्ने आरोपमा दुई जना पक्राउ!

काठमाडौं। मोरङको विराटनगरमा साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिकाका २५ वर्षीय जय नारायण पाण्डे र २१ वर्षीय भुवनेश्वर पाण्डे रहेका छन्।

प्रहरीका अनुसार, गत साउन १४ गते राति हिन्दु समाज नेपालले आयोजना गरेको विरोध र्‍यालीका क्रममा बजारका पसलहरू जबरजस्ती बन्द गराउँदै उच्छृङ्खल गतिविधि गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, सामाजिक सद्भाव कायम राख्न र कानुनविपरीतका गतिविधिमा संलग्न नहुन सबैलाई प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP