कंचनपुर ।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित फोरलाईन क्षेत्रमा सशस्त्र प्रहरीले ३४ लाख ३ हजार ४ सय रुपैयाँ बराबरको खरबुजाको बीउसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
जेठ १२ गते ना ८ ख १९९४ नम्बरको ट्रकमा राखेर महेन्द्रनगरबाट दोधारा चाँदनीतर्फ लैजाँदै गरिएको २ हजार २० केजी खरबुजाको बीउ बरामद गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत सीमा सुरक्षा गुल्म गड्डाचौकी र सीमा सुरक्षा गुल्म देवीस्थानबाट खटिएको संयुक्त टोलीले उक्त ट्रकसहित बीउ नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएको बीउ तथा ट्रक आवश्यक कारबाहीका लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ। ट्रकको भन्सार दाखिला मूल्य ३० लाख रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
काठमाडौं। नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औं स्मृति दिवसका अवसरमा जलवायु परिवर्तनबारे जनचे ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!