काठमाडौं। प्रदेश सरकारहरूमा नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य गर्ने निष्कर्ष निकालेको एक सातापछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच नयाँ सत्ता समीकरण बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सनिबार तीन बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै प्रदेश सरकारहरूमा संयुक्त सत्ता सहकार्य गर्ने निर्णय सार्वजनिक गरेका हुन्।
दुई दलबीच भएको सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले लिनेछ। प्रदेश सरकारहरूको नेतृत्व बाँडफाँटसँगै सम्बन्धित प्रदेशहरूमा सत्ता समीकरण परिवर्तन हुने निश्चित भएको छ।
सहमतिपत्रमा गण्डकी र मधेश प्रदेशका विषयमा पनि उल्लेख गरिएको छ। ती प्रदेशमा एमाले र नेकपाको मात्र संख्या सरकार गठनका लागि पर्याप्त नभएकाले अन्य दलहरूसँग आवश्यक छलफल र सहकार्य गरेर सरकार गठनको प्रयास गर्ने समझदारी भएको जनाइएको छ।
कांग्रेससँगको सहकार्य अन्त्यको निष्कर्ष सार्वजनिक भएको केही दिनमै ओली र प्रचण्डबीच भएको यो सहमतिले राष्ट्रिय राजनीतिमा नयाँ बहस सुरु गराएको छ। लामो समयदेखि एकअर्काविरुद्ध उभिएका दुई प्रमुख वाम नेताबीचको सहकार्यलाई आगामी राजनीतिक समीकरणको संकेतका रूपमा हेरिएको छ।
यस सहमतिसँगै प्रदेश सरकारहरूमा नेतृत्व परिवर्तन, मन्त्रिपरिषद् पुनर्गठन तथा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया तीव्र हुने अपेक्षा गरिएको छ। राजनीतिक वृत्तमा भने यो सहकार्यले संघीय राजनीतिमा समेत दूरगामी प्रभाव पार्न सक्ने चर्चा सुरु भएको छ।
काठमाडौं । वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य रक्तदान तथा मरणोपरान्त नेत्रदानसम्बन्ध ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!