सुर्खेत। केन्द्रमा नेकपा एमाले र नेकपाबीच नयाँ सत्ता समीकरणको चर्चा चलिरहेका बेला कर्णाली प्रदेशको राजनीति भने अझै अनिश्चित बनेको छ। केन्द्रस्तरमा प्रदेश सरकारको भागबन्डा भइसकेको चर्चा भए पनि त्यसबारे कुनै औपचारिक निर्णय सार्वजनिक नभएकाले प्रदेशमा अन्योल बढेको छ।
यहीबीच कर्णाली प्रदेश सभामा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि आज (शनिबार) छलफल हुने भएको छ। प्रदेश सभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ।
नेपाली कांग्रेस र नेकपाले असार ३२ गते मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए। केन्द्रमा सत्ता समीकरण परिवर्तनको चर्चा भइरहे पनि कर्णालीमा कांग्रेस–नेकपाको गठबन्धन यथावत् रहने नेताहरूले दाबी गर्दै आएका छन्।
मुख्यमन्त्री कँडेलले भने हालसम्म राजीनामा दिने वा विश्वासको मत लिने भन्नेबारे कुनै स्पष्ट निर्णय गरेका छैनन्। एमाले नेतृत्व केन्द्रको राजनीतिक समीकरणको टुंगो पर्खिरहेको बुझिएको छ।
यता नेकपाले भने मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय औपचारिक रूपमा गरिसकेको छ। बिहीबार बसेको संसदीय दलको बैठकले प्रस्तावलाई समर्थन गर्ने निष्कर्ष निकालेको हो।
नेकपा संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले मुख्यमन्त्री कँडेलको सरकार ढल्ने दाबी गरेका छन्। उनले अविश्वास प्रस्ताव पारित हुने र नयाँ राजनीतिक समीकरण निर्माणतर्फ प्रदेश अघि बढ्ने बताएका छन्।
केन्द्रको सत्ता समीकरण र प्रदेशको अंकगणितबीच कर्णालीको राजनीति अहिले निर्णायक मोडमा पुगेको छ। आजको प्रदेश सभा बैठकले मुख्यमन्त्री कँडेलको राजनीतिक भविष्य मात्र होइन, कर्णाली प्रदेश सरकारको आगामी दिशा पनि तय गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटनसँगै सरकारले देशभर सुरुङमार्ग निर्माणलाई प्रा ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!