काठमाडौं फागुण-२५— प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा उम्मेदवारी दिएका बालेन शाह ले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्।
निर्वाचन कानुनअनुसार उनले जिल्ला निर्वाचन कार्यालयमार्फत आफ्नो खर्चको विस्तृत विवरण सार्वजनिक गरेका हुन्।सार्वजनिक गरिएको विवरणअनुसार चुनावी अभियानका क्रममा सवारीसाधन भाडा, खाना–खाजा व्यवस्थापन, प्रचारप्रसार सामग्री छपाइ, कार्यालय सञ्चालन तथा अन्य कार्यक्रम सञ्चालनमा खर्च गरिएको उल्लेख छ।
कागजातमा देखिएको विवरणअनुसार कुल खर्च करिब १४ लाख ७५ हजार रुपैयाँभन्दा बढी रहेको छ।
निर्वाचन कानुनअनुसार उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि तोकिएको समयभित्र आफ्नो खर्च विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार बालेन शाहले पनि आफ्नो खर्च सार्वजनिक गरेका हुन्।

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!