काठमाडौँ,माघ ६ — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उमेदवार मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार उमेदवारहरूले सम्बन्धित जिल्ला र निर्वाचन क्षेत्रमा पुगेर जिल्ला निर्वाचन कार्यालयले तोकेको स्थानमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ ।
मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य गरिएको छ । साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ । अन्य आवश्यक सरकारी कागजातसमेत साथमा ल्याउन आयोगले आग्रह गरेको छ ।
दलको तर्फबाट उमेदवारी दिने उमेदवारका हकमा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिका अधिकारप्राप्त पदाधिकारीले प्रदान गरेको प्रतिनिधिसभा सदस्य उमेदवार मनोनयनको औपचारिक पत्र अनिवार्य हुनेछ । एकल चुनाव चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी दलका उमेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको औपचारिक पत्र पनि पेस गर्नुपर्नेछ ।
उमेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर बुझाउनुपर्नेछ । महिला, दलित, अल्पसंख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उमेदवारका हकमा धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोगले जनाएको छ । आर्थिक रूपमा विपन्न उमेदवारले सम्बन्धित स्थानीय तहको सिफारिस पत्र पनि पेस गर्नुपर्नेछ ।
यसका साथै प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसारको स्वघोषणा पत्र, चल तथा अचल सम्पत्ति विवरण, बैंक तथा वित्तीय संस्थामा रहेका खाता, सेयर, ऋण तथा लेनदेनको विवरण सिलबन्दी रूपमा पेस गर्नुपर्नेछ । वैयक्तिक विवरण फाराम भर्नुका साथै कुनै निकायबाट लिएको पेस्की तिरेको निस्सा र लेखा परीक्षणबाट कायम बेरुजु फछ्र्योट गरेको प्रमाण पनि आवश्यक पर्ने आयोगले जनाएको छ ।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी आजबाट उमेदवार दर्ता प्रक्रिया सुरु गरेको छ ।
काठमाडौँ, फागुन १४ -आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बुधबार निर्वाचन आयोगम ...

प्रतिक्रिया