३,४८७ उम्मेदवारमध्ये पाँचविरुद्ध उजुरी, आज प्रतिनिधिसभा अन्तिम नामावली सार्वजनिक हुँदै

३,४८७ उम्मेदवारमध्ये पाँचविरुद्ध उजुरी, आज प्रतिनिधिसभा अन्तिम नामावली सार्वजनिक हुँदै

काठमाडौं ,माघ ७– प्रतिनिधिसभा सदस्यका लागि दर्ता भएका उम्मेदवारमध्ये पाँचजनाविरुद्ध उजुरी परेपछि निर्वाचन आयोगले आज अन्तिम नामावली सार्वजनिक गर्न लागेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार भक्तपुर निर्वाचन क्षेत्र नं. २ का दुईजना, सुनसरी निर्वाचन क्षेत्र नं. २ का एकजना, रौतहट निर्वाचन क्षेत्र नं. १ का एकजना र कैलाली निर्वाचन क्षेत्र नं. १ का एकजना उम्मेदवारविरुद्ध उजुरी परेको थियो।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते देशभर कुल ३,४८७ उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो। आयोगले निर्धारित तालिकाअनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी पेस गर्ने समय तोकेको थियो।

निर्वाचन आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने व्यवस्था गरेको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशित गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ।

यसरी उम्मेदवारको अन्तिम सूची आज सार्वजनिक भएपछि प्रतिनिधिसभा निर्वाचनको तयारी पूर्ण रूपमा सुरु हुनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

निर्वाचनका निम्ति स्रोतसाधनको कमी हुन नदिने अर्थमन्त्रीको प्रतिबद्धता
3 हप्ता अगाडि

ललितपुर, फागुन ८ - अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प् ...

छुटाउनुभयो कि ?

TOP