काठमाडौं मङ्सिर ७ — सशस्त्र प्रहरी बल, नेपालले नयाँ सूचना अधिकारी तथा प्रवक्ता नियुक्त गरेको छ। सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनिष थापालाई संस्थाको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी तोकिएको छ।
अघिका प्रवक्ता डीआईजी कालिदास धौवजी ३० वर्षे सेवा अवधि पूरा भएपछि गत असोज २४ गते अनिवार्य अवकाशमा गएपछि सो पद खाली भएको थियो। त्यसपछि थापालाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।
नव–नियुक्त प्रवक्ता थापासँग सम्पर्क गर्न मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना spokesperson@apf.gov.np प्रयोग गर्न सकिने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ।
काठमाडौं, पुस ३– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वत कारागार कार्यालयको भान्साघर ब्लक निर ...

प्रतिक्रिया
No approved comments yet. Be the first to comment!