अख्तियारले पर्वत कारागार भान्साघर निर्माण ठेक्का प्रकरणमा आरोपपत्र दायर गर्यो

अख्तियारले पर्वत कारागार भान्साघर निर्माण ठेक्का प्रकरणमा आरोपपत्र दायर गर्यो

काठमाडौं, पुस ३– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वत कारागार कार्यालयको भान्साघर ब्लक निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको विषयमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अनुसन्धानका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा ठेक्का नं. PO/Parbat/Works/NCB/01-078/79 अन्तर्गत सो कारागारको भान्साघर निर्माणको लागि स्वीकृत लागत अनुमान रु. 63,72,394।०१ रहेको थियो। मूल्याङ्कन समितिले प्रथम न्यून मूल्याङ्कित बोलपत्रदाता सौर्य किरण कन्स्ट्रक्सनको रु. 42,16,658।१७ भन्दा कम बोलपत्रलाई गलत आधारमा अस्वीकृत गरी दोस्रो न्यून बोलपत्रदाता मोदीकाली कन्स्ट्रक्सनलाई स्वीकृत गरेको देखिएको छ।

यस प्रक्रियामा नेपाल सरकार र कारागार कार्यालय पर्वतलाई रु. 21,55,735।८४ बराबर आर्थिक नोक्सानी भएको र प्रतिवादीहरूलाई गैरकानूनी लाभ पुगेको पुष्टि भएको छ।

अदालतमा आरोपपत्र दायर भएका व्यक्तिहरूमा कारागार कार्यालय पर्वतका प्रमुख शिला श्रेष्ठ, बोलपत्र मूल्याङ्कन समितिका सदस्यहरु विकाश अधिकारी, हरिकृष्ण शर्मा, सुभास घर्ती र मोदीकाली कन्स्ट्रक्सनका प्रदीप तिमिल्सिना छन्। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कैद र जरिवाना सजाय माग गरिएको छ।

अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार, आरोपपत्रमा ठेक्का प्रक्रियामा मनोमानी निर्णय गरी सरकारी नोक्सानी पुर्‍याएको ठहर गर्दै, सम्बन्धित सबै प्रतिवादीविरुद्ध कानूनी कारवाहीको माग गरिएको छ।
 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP