श्रीपशुपति मनोकामना पुर्ति तथा सड्ढट मोचन महायज्ञमा पूर्व पत्रकार बस्याल दम्पतीले गरे ५ लाख ५० हजार रुपैयाँ दान

काठमाडौँ साउन ७ — पूर्व वरिष्ठ पत्रकार होमबहादुर बस्याल र उनकी धर्मपत्नी शुशिला बस्यालले बुधबार श्रीपशुपति मनोकामना पुर्ति तथा सड्ढट मोचन महायज्ञ–२०८२ को सातौँ दिन हंसमण्डप पण्डालमा पाँच लाख पचास हजार रुपैयाँ दान गरेका छन्।

बालयोगेश्वर विजय कृष्ण मुर्ति महाराजको सड्ढल्पमा सञ्चालित ५२ दिने यो महायज्ञबाट संकलित रकम ‘मामाघर’ र ‘छोरीको घर’ नामक जेष्ठ नागरिक आश्रमको स्थायी भवन निर्माणमा लगानी गरिनेछ। महायज्ञमा यस वर्ष पनि भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ भने दान गर्नेहरूको संख्या समेत वृद्धि भएको छ।

पूर्व वरिष्ठ पत्रकार बस्याल दम्पतीले अघिल्लो वर्ष पनि पशुपति कोटिहोम महायज्ञमा सामाजिक सेवाका लागि भुमि खरिदमा ७ लाख ५० हजार रुपैयाँ दान गरी धार्मिक तथा सामाजिक क्षेत्रमा निरन्तर सक्रियता देखाएका छन्। उनीहरूको योगदान आयोजक तथा भक्तजनबीच सदैव प्रशंसनीय मानिन्छ।

दान हस्तान्तरण समारोहमा बस्याल दम्पतीले भावुक हुँदै भने, “हामीलाई यो महायज्ञमा दान गर्न पाउँदा अत्यन्त खुशी लाग्यो। हाम्रो यो सहयोगले वृद्धवृद्धा र जेष्ठ नागरिकको जीवनमा केही सकारात्मक परिवर्तन ल्याउने विश्वास छ। समाजका यी कमजोर वर्गको सहयोग गर्न पाउनु हाम्रो लागि सम्मानको कुरा हो।”

महायज्ञका सड्ढल्पकर्ता बालयोगेश्वर विजय कृष्ण मुर्ति महाराजले दानकर्ताहरूप्रति आभार व्यक्त गर्दै भने, “यस्ता दानकर्ताहरूको सहयोगले हाम्रो धार्मिक अनुष्ठान मात्र होइन, सामाजिक कल्याणका कार्यहरूलाई समेत सशक्त बनाएको छ। यस महायज्ञले हामीलाई समाजका कमजोर तथा अभावग्रस्त वर्गको सेवामा थप उत्साहित बनाएको छ।”

यस वर्षको श्रीपशुपति मनोकामना पुर्ति तथा सड्ढट मोचन महायज्ञ–२०८२ भक्तजनको व्यापक सहभागिता र दान संकलनको दृष्टिले सफल भईरहेको छ। संकलित रकम वृद्धाश्रम र सामाजिक कल्याणका कार्यक्रमहरूमा खर्च गरिनेछ जसले जेष्ठ नागरिकहरूको जीवनस्तर उकास्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

यो महायज्ञ ५२ दिनसम्म चल्ने छ र यस अवधिमा विभिन्न धार्मिक अनुष्ठान, पुजा–अर्चना, तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछन्। बालयोगेश्वर विजय कृष्ण मुर्ति महाराजको नेतृत्वमा सञ्चालन हुने महायज्ञमा धार्मिक आस्था र सामाजिक सहकार्य दुवैलाई जोड दिइएको छ।

यसरी सामाजिक क्षेत्रमा दान र सेवा गर्ने कार्यले धर्म मात्र होइन, समग्र समाजको भलाइमा पनि ठूलो भूमिका खेल्ने भएकाले यस्ता पहलहरूको निरन्तरता आवश्यक छ भन्ने स्थानीय जनप्रतिनिधि तथा धार्मिक अगुवाहरूको धारणा छ।

बस्याल दम्पतीको यस दानले अरूलाई पनि धर्म तथा समाजसेवामा प्रेरित गर्ने विश्वास गरिएको छ। साथै, महायज्ञ आयोजक समिति र भक्तजनहरू आगामी दिनमा पनि यस्ता क्रियाकलापहरूमा सक्रिय सहभागिता जनाउने अपेक्षा गरिरहेका छन्।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

सांसदको बजेट कटौती गर्न अर्थमन्त्रीलाई सुझाव
4 बर्ष अगाडि

१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...

छुटाउनुभयो कि ?

TOP