काठमाडौं, साउन ३ —श्री पशुपति मनोकामना पूर्ति तथा सङ्कट मोचन विराट ज्ञान महायज्ञ २०८२ को तेस्रो दिन आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनहरूको भीड देखिएको छ। बनकाली मन्दिर परिसरको विशाल यज्ञस्थल भक्तिभावले झिलिमिली छाएको छ।
कार्यक्रम आयोजक मानव सेवा फाउन्डेसन नेपालले विहान ७ बजेबाट नियमित रूपमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। आज पनि भक्तजनहरू दर्शन, पूजापाठ, आरती र कथा श्रवणमा लामबद्ध भएर सहभागी भएका छन्।
महायज्ञ स्थलमा सयौं स्वयंसेवक परिचालित छन् भने हम्स मन्डप, चौसट्ठी, रुद्रागारेश्वर, र पार्किङ क्षेत्रहरूमा सुव्यवस्थित पन्डाल, खानेपानी, प्रसाद वितरण र सुरक्षा व्यवस्था गरिएको छ। भक्तिभाव र अनुशासनले यज्ञस्थललाई प्रभावशाली र पवित्र बनाएको छ।
हिजोको दिन पनि यस कार्यक्रममा सयौं गुरु, हजारौं भक्तजन, साथै राष्ट्रिय कलाकार, सामाजिक व्यक्तित्व र सञ्चारकर्मीहरू सहभागी भएकाछन। आयोजकले भदौ २१ गतेसम्म कार्यक्रम निरन्तर चल्ने र लाखौं श्रद्धालुको उपस्थिति रहने अपेक्षा गरिएको जनाएको छ।
पशुपति कोटिहोम र गण्डकी कोटिहोमपछि फेरि पशुपतिमा सुरु भएको यस विराट यज्ञले स्वदेश तथा विदेशबाट भक्तजनहरूको आकर्षण पाएको छ।
१९ चैत, काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्थानीय विकास साझेदार कार्यक्रममा प्रत्येक सा ...
प्रतिक्रिया